सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पश्चिम नवलपरासी । बडादशैंको अवसरमा पश्चिम नवलपरासीको प्रसिद्ध एवं धार्मिक शक्तिपीठ पाल्ही भगवती मन्दिरमा दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लागेको छ । मन्दिर परिसरमा पूजाअर्चना र दर्शनका लागि बिहानैदेखि श्रद्धालुहरूको घुइँचो लाग्ने गरेको छ ।
पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको यो ऐतिहासिक मन्दिरमा दसैँका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । विशेष गरी पश्चिम नवलपरासीका साथै छिमेकी जिल्लाहरू रूपन्देही, कपिलवस्तु र सीमावर्ती भारतीय क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू दर्शन तथा मनोकाङ्क्षा पूरा गर्न मन्दिर पुग्ने गरेका छन् ।
ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि
इतिहास अनुसार पाल राजवंशको शासनकालमा कोट (किल्ला) का रूपमा स्थापित भएकाले यस मन्दिरलाई ‘पाल्ही कोटकी काली भगवती’ भनिन थालिएको हो । वि.सं. २०१८ भन्दा अघि यो क्षेत्रलाई ‘पाल्ही माझखण्ड’ भनेर चिनिन्थ्यो ।
साविक नवलपरासी जिल्ला र साविक परासी क्षेत्रको नामकरणमा समेत यही ऐतिहासिक पाल्ही भगवतीको विशेष योगदान रहेको मानिन्छ। मन्दिरको नियमित सञ्चालनका लागि वि.सं. १९०० मा इन्द्र सुब्बाले गुठीको व्यवस्थापन गरिदिएको अभिलेख पाइन्छ ।
मन्दिरमा स्थापित देवी काली (भगवती) को स्वरूप शान्त र ज्ञानदायिनी रहेको छ । बायाँ हातमा खड्ग बोकेकी देवीको मूर्तिलाई विशेष शृङ्गार गरी पूजाअर्चना गरिन्छ । पौराणिक मान्यता अनुसार तान्त्रिक र वैदिक दुवै विधिबाट पूजा गरिने यस शक्तिपीठमा सच्चा मनले भाकल गरेमा सन्तान प्राप्ति हुने, चिताएको पुग्ने र सङ्कटबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।
करिब साढे एक बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा मुख्य काली मन्दिरका साथै शिव, हनुमान, चामुण्डा देवी लगायतका अन्य देव–देवताका साना मन्दिरहरू समेत रहेका छन् । बडादसैँका अवसरमा मन्दिर व्यवस्थापन समितिले भक्तजनहरूको सहज दर्शनका लागि सुरक्षा, खानेपानी, र शान्ति–सुरक्षाको विशेष प्रबन्ध मिलाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा