• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  समाचार

    तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २, आईतबार (१४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २१ पटक पढिएको
  • सुर्खेत । भूकम्प गएको झन्डै तीन वर्ष बित्न लाग्दासमेत निजी आवास पुनर्निर्माणले गति लिन नसक्दा जाजरकोट , रुकुम पश्चिम र सल्यानका भूकम्पपीडित यस वर्ष पनि अस्थायी टहरामै दशैं मनाउन बाध्य हुने भएका छन् ।

    स्थानीय तहमा लाभग्राही कायम गर्ने, अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको रकम माग गर्ने प्रक्रिया अघि बढे पनि अधिकांश प्रभावित परिवारको स्थायी आवास निर्माण अझै चुनौतीपूर्ण बनेको छ।

    २०८० कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट , रुकुम पश्चिम र सल्यानका १७ पालिकामा क्षती बनाएको थियो । जाजरकोटमा केही काम सुरु भएपनि अन्य जिल्लामा काम नै सुरु भएको छैन ।

    भेरीमा ३१८ लाभग्राही कायम, ५२ घरको किस्ता माग

    भेरी नगरपालिकामा भूकम्पबाट प्रभावित ३१८ जना लाभग्राही कायम भएका छन्। तीमध्ये ५२ घरका लागि पहिलो किस्ताको रकम माग गरिएको छ। लाभग्राही कायम गर्ने र अनुदान वितरणको प्रक्रिया अघि बढे पनि सबै प्रभावित परिवारले समयमै रकम पाउने तथा घर निर्माण सुरु गर्न सक्ने अवस्था बनिसकेको छैन।

    त्यस्तै, जुनीचाँदे गाउँपालिकामा १७८ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको छ। नलगाड नगरपालिकाका वडा नम्बर १ देखि ६ सम्मका भूकम्पपीडितमध्ये ५०० भन्दा बढीको विवरण नगरपालिकामा पुगेको छ। उनीहरूको विवरण प्रमाणीकरण तथा अनुदान प्रक्रियाका आगामी चरण पूरा गर्नुपर्ने देखिएको छ।

    यी विवरणले पुनर्निर्माणका लागि प्रशासनिक प्रक्रिया अघि बढिरहेको देखाए पनि लाभग्राही कायम हुनु, सम्झौता हुनु, किस्ता माग गर्नु र रकम प्राप्त गरेर घर निर्माण सुरु हुनु फरक–फरक चरण हुन्। त्यसैले प्रक्रिया अघि बढेका सबै परिवारले घर निर्माण थालिसकेको अवस्था छैन।

    भेरी नगरपालिका–१ र २ का १८८ लाभग्राहीका लागि पहिलो किस्ताबापत प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल ९४ लाख रुपैयाँ निकासा गरिएको छ ।

    विस्तृत क्षति मूल्याङ्कनमै अल्झियो पुनर्निर्माण

    पुनर्निर्माणमा ढिलाइ हुनुको प्रमुख कारणमध्ये भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डिटेल ड्यामेज असेस्मेन्ट–डीडीए) को काम समयमै सम्पन्न नहुनुलाई लिइएको छ। विस्तृत क्षति मूल्याङ्कन, लाभग्राही पहिचान, विवरण प्रमाणीकरण र अनुदान सम्झौताको प्रक्रियामा समय लाग्दा प्रभावित परिवारले लामो समय कुर्नुपरेको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोटमा पुनर्निर्माणका लागि ४० हजारभन्दा बढी लाभग्राही कायम भएको जनाएका छन्। क्षतिको प्रकृतिअनुसार निजी घर पुनर्निर्माण तथा प्रबलीकरण गर्नुपर्ने भएकाले लाभग्राहीको विवरण प्रमाणीकरण र अनुदान वितरणको कामलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

    आर्थिक अवस्था कमजोर भएका परिवारले सरकारी अनुदानबिना घर निर्माण गर्न नसक्ने भएकाले अनुदान प्रक्रियामा भएको ढिलाइले उनीहरूको समस्या थप जटिल बनेको छ । कृषि, ज्याला मजदुरी र बालीघरे प्रथाबाट जीविकोपार्जन गर्ने परिवारका लागि घर निर्माण गर्न आवश्यक रकम जुटाउनु कठिन छ।

    भेरी नगरपालिका–१ का रावतगाउँ, कोल्चौर, मैदे, पिपे र रिम्ना तथा नलगाड नगरपालिका–१ का पाली, कल्पत र चिउरीगाउँलगायत बस्तीमा विपन्न परिवारको बसोबास छ। यहाँका धेरै परिवार भूकम्पपछि अस्थायी टहरामा बस्दै आएका छन्। स्थायी घर निर्माण गर्न नसक्दा उनीहरूले मौसमअनुसारका जोखिमसँगै दैनिक जीवन गुजार्नुपरेको छ।

    स्थानीय तहलाई प्रक्रिया छिटो पूरा गर्न आग्रह

    प्रमुख जिल्ला अधिकारी नवराज बरालले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा सम्बन्धित निकायलाई पुनर्निर्माण प्रक्रिया छिटो अघि बढाउन पटकपटक ताकिता गरिएको बताए ।

    स्थानीय तहले आवश्यक प्रक्रिया पूरा गरी लाभग्राहीको विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पठाएपछि रकम निकासा गर्ने प्रक्रिया अघि बढाइने उनको भनाइ छ। स्थानीय तहबाट विवरण र आवश्यक कागजात समयमै प्राप्त भएमा अनुदान वितरणलाई छिटो अघि बढाउन सकिने उनले बताए ।

    अस्थायी टहरामै चाडपर्व मनाउनुपर्ने बाध्यता

    दशैं परिवारका सदस्य एकै ठाउँमा भेला हुने, दुःख बिर्सेर खुसी साटासाट गर्ने र घरपरिवारसँग समय बिताउने पर्व हो। तर, भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका परिवारका लागि चाडपर्वको खुसीसँगै सुरक्षित आवासको चिन्ता पनि जोडिएको नलगाड १ का नरबहादुर विकले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

    जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

    सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑