• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

      फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

      कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

      फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय बढी पक्राउ

      लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

      तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

      २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

      भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

      जुम्लामा सम्पन्न भयो नवौँ जुम्ली घोडा दौड सांस्कृतिक महोत्सव : महिला घोडा दौड प्रतियोगिता थप आकर्षण

      जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

      बलि प्रथा : आस्थाले जोगाएको परम्परा, विरोधले घटाएको अभ्यास

      दशैंमा बजार चलायमान, निजी क्षेत्र अझै ‘पर्ख र हेर’कै अवस्थामा छ : हेमराज ढकाल

      माली समुदायको परम्परागत पेसा सङ्कटमा, संरक्षण र व्यवसायीकरणको माग

      महाअष्टमीलाई भगवतीको प्राकट्य दिवसका रूपमा विशेष महत्व दिइन्छ : डा.नारायण प्रसाद निरौला

    होमपेज /  समाचार

    भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य, मुख्य संरचना निर्माणमा ढिलाइ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक २, आईतबार (१४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३५ पटक पढिएको
  • सुर्खेत । विद्युत् उत्पादन र सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले निर्माण सुरु गरिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम २०८५ असार सम्मा पुरा हुने गरेर कामलाई तिब्रता दिइएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा भौतिक प्रगति ७० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६७ प्रतिशत रहेको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर (सिडिई) भरत पाठकले जानकारी दिए ।

    आर्थिक वर्ष २०६८/६९ देखि अघि बढाइएको आयोजनाको काम ढिला हुँदा पटक पटक भाका सदै आएको छ । मुख्य सिभिल संरचना निर्माणमा भएको ढिलाइ र त्यसको प्रभाव अन्य निर्माण प्याकेजमा समेत परेकाले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्नु चुनौतीपूर्ण देखिएको छ ।

    सिडिई पाठकले बाँकी काम २०८५ असार भित्र सकिने अनुमान गरिएको बताए । उनका अनुसार पछिल्लो समय निर्माणको गति बढाउने प्रयास भइरहेको छ ।

    ‘आयोजनाको बाँकी काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान छ । कामको रफ्तार बढाइएको छ,’ उनले भने ।

    सुरुङ निर्माण सकियो, अन्य संरचनामा ढिलाइ

    भेरी–बबई डाइभर्सन आयोजनाको सबैभन्दा चुनौतीपूर्ण मानिएको १२.२० किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्धारित समयभन्दा अगावै सुरुङ खनिएको थियो । तर, सुरुङ निर्माण सकिएपछि सुरु भएको दोस्रो चरणको काममा ढिलाइ हुँदा समग्र आयोजना प्रभावित भएको छ ।

    आयोजना पाँचवटा मुख्य निर्माण प्याकेजमार्फत अघि बढाइएको छ । पहिलो प्याकेजमा सुरुङ निर्माण सम्पन्न भएको छ । दोस्रो प्याकेजमा बाँध, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृहलगायत सिभिल संरचना निर्माण गर्नुपर्ने छ । तेस्रो प्याकेजमा हाइड्रोमेकानिकल र चौथो प्याकेजमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पर्छ । पाँचौँ प्याकेजअन्तर्गत उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न प्रसारण लाइन निर्माण गरिनेछ ।

    दोस्रो प्याकेजको काममा भएको ढिलाइले हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण जडानको कामसमेत प्रभावित भएको छ । सिभिल संरचना तयार नहुँदा उपकरण जडान र परीक्षणका काम निर्धारित तालिकाअनुसार अघि बढाउन कठिनाइ भएको आयोजनाले जनाएको छ ।

    बाँध र विद्युतगृह निर्माण अधुरै

    आयोजनाको दोस्रो प्याकेजअन्तर्गत बाँधस्थल र विद्युत्गृहका सिभिल संरचना निर्माणको जिम्मा ग्वाङडोङ युआन्तियानररमन जेभीले लिएको छ । २०७६ साउन १३ गते सम्झौता गरी निर्माण अघि बढाइएको यस प्याकेजको काममा अपेक्षित प्रगति हुन सकेको छैन ।

    आयोजनाको विवरणअनुसार मुख्य बाँधका छवटा संरचनामध्ये दुईवटा सम्पन्न हुने चरणमा पुगेका छन् । सेटलिङ बेसिनको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको छ । पेनस्टक पाइपका लागि एङ्कर ब्लक, विद्युत्गृह र सर्ज साफ्ट निर्माणको काम जारी छ ।

    दोस्रो प्याकेजमा भएको ढिलाइले आयोजनाका अन्य संरचना निर्माणमा समेत असर पारेको छ । सिभिल संरचना पूरा भएपछि मात्रै कतिपय उपकरण जडान र परीक्षणका काम सहज रूपमा अघि बढाउन सकिने भएकाले बाँकी निर्माण कार्यलाई एकैसाथ गति दिनुपर्ने चुनौती आयोजनासामु छ ।

    हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम पनि बाँकी

    तेस्रो प्याकेजअन्तर्गत हाइड्रोमेकानिकल संरचना निर्माणको जिम्मा चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले लिएको छ । २०७८ मङ्सिर ६ गते सम्झौता गरिएको यस प्याकेजको लागत दुई अर्ब १३ करोड ७४ लाख ९३ हजार रुपैयाँ छ ।

    सम्झौताअनुसार २०८१ पुस ४ गतेभित्र सम्पन्न हुनुपर्ने काममा ढिलाइ भएको छ । आयोजनाको विवरणअनुसार यस प्याकेजको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।

    त्यस्तै, चौथो प्याकेजअन्तर्गत इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि जारी छ । चीनको झेजियाङ ओरिएन्ट इन्जिनियरिङले जिम्मा लिएको यस प्याकेजको लागत तीन अर्ब २८ करोड रुपैयाँ छ । यसको भौतिक प्रगति ५५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

    यस प्याकेजअन्तर्गत टर्बाइन, जेनेरेटर, ट्रान्सफर्मर र ओभरहेड क्रेनको उत्पादन कार्य सम्पन्न भएको छ । अब ती उपकरण आयोजनास्थलमा जडान गर्नुपर्नेछ । उपकरण जडानसँगै परीक्षण र सञ्चालनको तयारीसमेत गर्नुपर्ने भएकाले सिभिल संरचना निर्माणको प्रगतिले आयोजनाको समग्र सम्पन्नतामा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

    प्रसारण लाइन निर्माण अर्को चुनौती

    आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पाँचौँ प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यसका लागि हात्तीखालस्थित विद्युत्गृहदेखि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनसम्म करिब एक हजार सात सय मिटर लामो प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

    प्रस्तावित प्रसारण लाइनमा नौवटा टावर रहनेछन् । तीमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र छवटा मध्यवर्ती क्षेत्रमा पर्ने विवरण सार्वजनिक भएको छ । प्रसारण लाइन निर्माणका लागि वातावरणीय अध्ययन र आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।

    प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी प्रक्रिया अघि बढाइएको थियो । प्रसारण लाइन निर्माणको प्रक्रिया पूरा नभएसम्म आयोजनाबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रणालीमा जोड्ने काम पनि प्रभावित हुन सक्छ ।

    यसर्थ, आयोजनाको बाँकी काममा सिभिल संरचना, उपकरण जडान र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाउनु आवश्यक देखिन्छ ।

    ५१ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइको लक्ष्य

    भेरी–बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । यसबाट कृषि उत्पादन र उत्पादकत्व बढाउनुका साथै किसानलाई वर्षायाममा मात्रै निर्भर रहनुपर्ने अवस्थाबाट मुक्त गर्ने अपेक्षा गरिएको छ ।

    आयोजनाअन्तर्गत सुर्खेतको गुर्भाकोट नगरपालिका–११ चिप्लेमा भेरी नदीमा बाँध निर्माण गरी पानीलाई सुरुङमार्फत बबई नदीमा खसालिनेछ । आयोजनाको योजनाअनुसार ११४ मिटर लामो ब्यारेज, १५८ मिटर लामो डिसेन्डिङ बेसिन र ४.२ मिटर व्यासको १२.२० किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी स्थानान्तरण गरिनेछ ।

    हात्तीखालस्थित विद्युतगृहबाट ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसरी आयोजना सिँचाइ र विद्युत् उत्पादन दुवै उद्देश्य पूरा गर्ने गरी निर्माण भइरहेको छ ।

    आयोजनाको अद्यावधिक गुरुयोजनाअनुसार कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि विद्युत् उत्पादनबाट वार्षिक चार अर्ब तीन करोड रुपैयाँ र ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधाबाट तीन अर्ब १२ करोड रुपैयाँ बराबरको आर्थिक लाभ प्राप्त हुने लक्ष्य राखिएको छ । दुवै क्षेत्रबाट वार्षिक कुल सात अर्ब १३ करोड रुपैयाँ बराबरको लाभ प्राप्त हुने आयोजनाको अनुमान छ ।

    समयमै सम्पन्न गर्न निर्माणको गति बढाउनुपर्ने

    भेरी–बबई डाइभर्सन आयोजना सम्पन्न भएपछि सिँचाइ सुविधाको विस्तार, कृषि उत्पादन वृद्धि र विद्युत् उत्पादनमार्फत अर्थतन्त्रमा योगदान पुग्ने अपेक्षा छ । तर, लामो समयदेखि जारी निर्माणमा ढिलाइ हुँदा आयोजनाबाट अपेक्षित लाभ लिन अझै पर्खनुपर्ने अवस्था छ ।

    आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसके पनि बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडान र प्रसारण लाइन निर्माणको काम पूरा हुन बाँकी छ । यी सबै संरचना तयार भएपछि मात्रै आयोजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिनेछ ।

    आयोजना सम्पन्न गर्ने लक्ष्य पूरा गर्न निर्माण व्यवसायीको कार्यसम्पादन, बाँकी संरचनाको निर्माण, उपकरण जडान र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ । अन्यथा, निर्माण अवधि लम्बिँदा आयोजनाबाट अपेक्षित सिँचाइ र विद्युत् उत्पादनको लाभ प्राप्त गर्ने समयसमेत पछि धकेलिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

    तीन वर्ष बित्दा पनि टिनकै छानामुनि भूकम्पपीडितको दशैं

    २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

    जनकपुरकी राजदेवी : दशैंमा झकिझकाउ

    सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार

    फ्रान्सबाट सुरु भएको आन्दोलन बेल्जियम र इटालीतर्फ

    कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्रम नहुने

    फ्रान्समा आन्दोलनको आगो : तोडफोड र आगजनी, चारसय…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑