सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । यात्रुलाई बासी, सडेगलेको तथा अस्वच्छ खाना खुवाउने र चर्को मूल्य असुल्ने होटल तथा रेस्टुरेन्टमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएको छ।
यातायात व्यवस्था विभागले आज सूचना जारी गर्दै अखाद्य खाना खाएर यात्रु बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट सञ्चालकसँगै गाडी चालकलाई समेत प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको हो।
विभागका अनुसार यात्रुवाहक गाडी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र तोकिएभन्दा बढी मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो।
विभागले यात्रुलाई सफा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न चालकहरूलाई निर्देशन दिएको छ। साथै, सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
विभागको यो कदमले लामो दूरीको यात्रा गर्ने यात्रुलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउन तथा होटलहरूमा हुने मनपरी मूल्य असुली नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा