सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन र जोखिम व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ।
बैंकले Infosys Finacle Innovation Awards 2026 अन्तर्गत ‘Maximizing Customer Engagement’ विधामा Platinum Award प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘Reinventing Customer Onboarding’ पहलका लागि बैंकलाई यो पुरस्कार प्रदान गरिएको जनाएको छ।
Infosys Finacle Innovation Awards बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवामा गरेको उत्कृष्ट कार्यलाई सम्मान गर्दै प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय पुरस्कार हो। सन् २०२६ को संस्करणमा विश्वभरबाट ५०० भन्दा बढी आवेदन परेको बैंकले जनाएको छ।
यसैगरी, बैंकले ‘Best Performance on Risk Management’ अवार्ड पनि प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा आयोजना गरेको Fourth Emerging Asia Banking Conclave and Awards 2026 मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।
कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनमा बैंकले गरेको प्रयासको मूल्यांकनका आधारमा यो पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले डिजिटल रूपान्तरण र ग्राहक सेवामा सुधारलाई प्राथमिकता दिँदै सरल, सहज, छिटो तथा सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउन प्रविधिको प्रयोग विस्तार गर्दै आएको जनाएको छ।
माछापुच्छ्रे बैंकले पछिल्ला वर्षमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ। बैंकले Visa Leadership Conclave Award 2023/2024, Infosys Finacle Innovation Award 2023/2025 तथा Rising Star in Asset Quality Award 2025 लगायतका पुरस्कार प्राप्त गरिसकेको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा