• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु, विद्या भण्डारी पनि सहभागी

      माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

      सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने

      कांग्रेस महाधिवेशन : मतदानका लागि बुथ निर्माण धमाधम

      अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य :राष्ट्रपति पौडेल

      नेपालमा हवाइ भाडा : बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं भाडादर

      कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

      ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्, समय वचत गर्न आग्रह

      नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

      कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा

      बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

      बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

      आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

      बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

      जुम्ला जिल्लामा सार्वजनिक बिदा

    होमपेज /  समाचार

    नेपालमा हवाइ भाडा : बालेनको स्टाटसलाई गिज्याउने धनगढी–काठमाडौं भाडादर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २२, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । गत फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता हालका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले ‘सुदूर अब दूर नाइ’ भन्दै सामाजिक सञ्जालमा लेखे । चुनावी आमसभामा सुदुरपश्चिम र जनकपुरको खुलेर प्रशंसा गरे । मतदाता आकर्षित गर्न बालेन जहाँ पुगे त्यस स्थानको तारिफ गर्न छुटाएनन् ।

    तर दशैंको मुखमा हवाई भाडा दर साँच्चै अत्यासलाग्दो छ । वास्तवमा यतिबेला हवाई भाडाको दृष्टिले सुदूरपश्चिम अझै टाढै रहेको देखाएको छ । काठमाडौं–धनगढीको हवाई भाडा महँगो हुँदा भारतका विभिन्न सहरसम्म पुग्न तुलनात्मक रूपमा सस्तोपर्ने अवस्था छ । यातायात सहज र सुलभ हुनुपर्ने सुदूरपश्चिममा हवाई भाडा नै महँगो भएपछि सर्वसाधारण मारमा परेका छन् ।

    दशैं नजिकिएसँगै राजधानी काठमाडौंमा घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । तर, घर जाने तयारीमा रहेका यात्रुका लागि यसपटकको दशैं यात्रा सहजभन्दा पनि महँगो बन्दै गएको छ । सडकमार्गमा लामो यात्रा र सडकको अनिश्चितताका कारण यात्रुहरू हवाई यात्रातर्फ आकर्षित भए पनि हवाई टिकटको चर्को मूल्यले उनीहरूलाई थप समस्यामा पारेको छ ।

    विशेषगरी काठमाडौं–धनगढी हवाई यात्राको भाडा महँगो भएपछि सुदूरपश्चिम घर जाने यात्रुहरू अन्योलमा छन् । बसको यात्रा लामो र सडकको अवस्था अनिश्चित रहेको भन्दै कतिपय यात्रुले महँगो भए पनि हवाई टिकट खोजिरहेका छन् । तर, टिकटको मूल्य सुनेपछि कतिपयले हवाई यात्रा नै रद्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

    बाजुरा जाने तयारीमा रहेका हिमाल विष्ट काठमाडौं–बाजुरा बस भाडा करिब ५ हजार ६ सय रुपैयाँ रहेको बताउँछन तर, सडक बिग्रिएमा तोकिएको समयमा घर पुग्न नसकिने उनको चिन्ता छ । उनले भने,‘बाजुराका लागि काठमाडौंँबाट बस भाडा ५ हजार ६ सय रहेछ । तर बाटो बिग्रियो भने दुई दिनमै पुगिन्छ भन्ने छैन । ड्राइभरले पनि दुई दिनमा पुग्नैपर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन । मलाई भने दुई दिनमै घर पुग्नुपर्ने छ ।’

    बाजुरा सदरमुकाम मार्तडीसम्म बस पुगे पनि त्यहाँबाट आफ्नो घरसम्म थप दुई दिन हिँड्नुपर्ने भएकाले आफूलाई झनै समस्या भएको विष्ट बताउँछन त्यसैले उनले धनगढीसम्मको हवाई टिकट हेरेका थिए । तर, टिकटको मूल्य करिब २२ हजार ९ सय रुपैयाँ पुगेपछि उनी झनै अन्योलमा परेका छन् ।

    ‘प्लेनको टिकट धनगढीसम्म २२ हजार ९ सय रहेछ, अति महँगो भयो। जाने कसरी भन्ने दोधारमा छु । घरसम्मै २२ हजारमा पुग्ने भए त ठीक थियो, त्यो भाडा धनगढीसम्मको मात्रै हो,’ उनले भने ।

    यस्तै, प्रदीप कार्कीका लागि भने यसपटकको यात्रा रोजाइभन्दा पनि बाध्यता बनेको छ । घरमा बुवा बिरामी रहेकाले जतिसक्दो छिटो घर पुग्नुपर्ने अवस्था भए पनि हवाई टिकटको महँगो मूल्यले उनलाई समस्या परेको छ ।

    ‘बाध्यताले भए पनि जानै पर्नेछ । घरमा बुवा बिरामी हुनुहुन्छ, मलाई छिटो पुग्नु थियो । प्लेन टिकट साह्रै महँगो रहेछ, उनले भने ।

    उनले आफूजस्तै बाध्यतामा रहेका यात्रुका लागि दशैंको समयमा यातायात सहज र पहुँचयोग्य बनाउनुपर्ने बताए । अर्की यात्रु गरिमा शाहाले पनि घरबाट छिटो आउन दबाब आएपछि हवाई टिकट काट्ने तयारी गरेकी थिइन तर, टिकटको मूल्य महँगो भएपछि उनले आफ्नो टिकट नै रद्द गर्नुपरेको सुनाइन

    ‘घरबाट छिटो आउनु भन्नुभएको छ । प्लेनको टिकट काटेर छिटो आउँछु भनेकी थिएँ । तर भाडा महँगो भएपछि प्लेनको टिकट नै रद्द गर्नुपर्यो,’ उनले भनिन् ।

    दशैंमा देशका विभिन्न ठाउँबाट काठमाडौं आएका नागरिक घर फर्किनेक्रम बढ्दै गर्दा यातायातको भाडा र यात्राको सहजता अहिले प्रमुख चासो बनेको छ । विशेषगरी सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा जाने यात्रुका लागि सडकको अवस्था, लामो दूरी र सीमित हवाई सेवा मुख्य चुनौती बन्ने गरेको छ ।

    यहीबीच, चुनावी अभियानका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘सुदूर अब दूर नाई, झिकै झिकै माया तम्लाई’ लेखेका थिए । उनको उक्त अभिव्यक्ति सुदूरपश्चिम यात्राका क्रममा सार्वजनिक भएको थियो ।

    तर अहिले दशैंमा घर फर्किन खोजिरहेका सुदूरपश्चिमका नागरिक भने महँगो यातायात खर्च र लामो यात्राको बाध्यतामा छन् । त्यसैले यात्रुहरूले प्रश्न गर्न थालेका छन् । ‘सुदूर अब दूर नाई’ भन्ने भाव व्यवहारमा पनि कहिले देखिने ?

    यता बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले हवाई भाडा महँगो नभएको दाबी गर्छन । उनले यात्रुहरुलाई कुनै पनि ठाउँबाट नठगिन आग्रह गर्दै बुद्ध एयरको आधिकारिक वेबसाइटमा गएर भाडादर हेरेर मात्र टिकट काट्न अनुरोध गरेका छन् ।

    यात्रुहरूले दशैंको समयमा हवाई तथा सडक यातायातको भाडा सहज बनाउन, यात्रुको चापअनुसार पर्याप्त यातायात व्यवस्था गर्न र सडकमार्गको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् घर फर्किने नागरिकलाई आर्थिक भार नपर्ने गरी यातायात व्यवस्थापन गर्न सके मात्रै दशैंको यात्रा सहज बन्ने उनीहरूको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

    एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु, विद्या भण्डारी पनि सहभागी

    सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी हुने

    कांग्रेस महाधिवेशन : मतदानका लागि बुथ निर्माण धमाधम

    अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य :राष्ट्रपति पौडेल

    कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस शेयर दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्षको सपथ

    एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु, विद्या भण्डारी…

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    सरकारी कार्यालयको विद्युत महसुल अब डिजिटल माध्यमबाट भुक्तानी…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑