• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

      कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा

      बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा सहकलाकार शोकमा

      बलिउड अभिनेता नाना पाटेकरको हृदयघातबाट निधन

      आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

      बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

      जुम्ला जिल्लामा सार्वजनिक बिदा

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही

      कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दै, २९७ सदस्यीय कार्यसमिति

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

       स्थानीय तह गैरदलीय बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र, रास्वपालाई आफ्नै प्रतिबद्धता सम्झाउँदै अभियन्ता

      कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

      कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

      बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति

    होमपेज /  समाचार

    प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्ष बिकलाई सुर्खेत लगियो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २१, बुधबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३६ पटक पढिएको
  • सुर्खेत । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा कुटपिटबाट घाइते भएको आरोप लागेका आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष केशरमान बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ । उनलाई बुधबार बिहान करिब ३ बजे सुर्खेत ल्याइएको हो ।

    वडाध्यक्ष बिकको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ। उनको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी रुकुम पश्चिमले वडाध्यक्ष बिकलाई छलफलका लागि भन्दै प्रहरी कार्यालयमा बोलाएर पक्राउ पुर्जीबिनै हिरासतमा राखी कुटपिट गरेको आरोप लगाएको छ । पार्टीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बिकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

    पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सहसंयोजक सुरज परियारले जारी गरेको विज्ञप्तिमा हिरासतमा रहेका जनप्रतिनिधिमाथि कुटपिट हुनु गम्भीर विषय भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ ।

    प्रहरी भन्छ– पक्राउ गर्न खोजिएका व्यक्तिलाई भगाए

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले भने वडाध्यक्ष बिकलाई अभद्र व्यवहार तथा राष्ट्रसेवक कर्मचारीको कर्तव्यमा बाधा पु¥याएको आरोपमा पक्राउ गरिएको जनाएको छ ।

    प्रहरीका अनुसार अभद्र व्यवहारसम्बन्धी जाहेरी परेका गोपाल बिकलाई पक्राउ गर्न असोज २० गते बिहान मुसिकोट नगरपालिका–१ कालिका मन्दिरनजिक प्रहरी टोली पुगेको थियो । गोपालका दाइसमेत रहेका वडाध्यक्ष केशरमानले प्रहरी टोलीसँग वादविवाद, गालीगलौज तथा हातपात गरेको र भाइलाई भगाएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले केशरमानलाई जिल्ला प्रशासन कार्यालयबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

    ‘कुटपिट होइन, आफैँ ठोक्किएर घाइते’

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी वेदप्रसाद पौडेलले भने वडाध्यक्ष बिकमाथि हिरासतमा कुनै कुटपिट नभएको दाबी गरेका छन् ।

    पौडेलले बिकले प्रहरी हिरासतमा कुटपिट भएको भन्दै ‘नाटक मञ्चन’ गरेको दाबी गर्दै आफैँ ठोक्किएर घाइते भएको बताए । स्वास्थ्यमा गम्भीर समस्या नरहेका व्यक्तिलाई बिरामी भएको भन्दै प्रदेश अस्पतालमा उपचारका लागि पठाइएको आरोपसमेत उनले लगाए ।

    यता, नेपाली कम्युनिस्ट पार्टीका जिल्ला संयोजक रोकाले प्रहरीको दाबी अस्वीकार गरेका छन्। उनले वडाध्यक्षमाथि कुटपिट नभएको प्रहरीको दाबी पुष्टि गर्न घटनास्थल तथा हिरासतको सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।

    बिक आठबिसकोट नगरपालिका–३ बाट दुई पटक वडाध्यक्ष निर्वाचित भएका हुन् । हिरासतमा कुटपिट भएको आरोप र प्रहरीले त्यसलाई अस्वीकार गरेपछि घटनाबारे निष्पक्ष छानबिनको माग उठेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्छन्, समय वचत गर्न आग्रह

    बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस…

    नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

    कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति…

    बलिउडमा एक युगको अन्त्य : नाना पाटेकरको निधनमा…

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑