सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेशको सुनसरी जिल्लामा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ।
पशुपति इनर्जी प्रालिद्वारा प्रवर्द्धित उक्त सौर्य ऊर्जा आयोजनामा माछापुच्छ्रे बैंकले एकल लगानी गर्नेछ। बैंकले आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी गर्ने जनाएको छ।
आयोजनाको निर्माण अवधि डेढ वर्ष अर्थात् १८ महिना रहनेछ। आयोजना सञ्चालनमा आएपछि नेपालको नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादन क्षमता विस्तार हुनुका साथै ऊर्जा क्षेत्रमा दिगो पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ। सुनसरीमा निर्माण हुने यस आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनुलाई बैंकले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा लिएको छ।
बैंकले आगामी दिनमा पनि नेपालको ऊर्जा आवश्यकता परिपूर्ति, स्वच्छ ऊर्जाको प्रवर्द्धन र दिगो आर्थिक विकासमा योगदान पुर्याउने परियोजनालाई प्राथमिकताका साथ वित्तीय सहयोग प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा