• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी

      महामन्त्रीमा उदयशम्शेर राणाको उम्मेदवारी

      कांग्रेस महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

      नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

      दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

      माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

      कवि पाँचथरेको कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

      रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

      भ्रष्टाचार र परिवारवादविरुद्ध उम्मेदवारी हो : रामपल्टन साह

      युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा करिब नौं हजारका लागि भोजन

      कांग्रेस महाधिवेशन :खुलामञ्चमा चहलपहल कम

      भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

      डलर बलियो बन्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट

      अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबिच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

    होमपेज /  आर्थिक

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २०, मंगलबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । गत भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्ष २०२६÷२७ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    बाढीपछि पुनर्निर्माण तथा पुनस्र्थापनाका गतिविधि बढ्दै जाँदा आर्थिक गतिविधिमा सुधार आउने र आगामी आर्थिक वर्ष २०२७÷२८ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले मंगलवार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट ः बिल्डिङ ब्याक डिफरेन्टली फर द फ्युचर’ प्रतिवेदनले बाढीबाट उद्योग क्षेत्र सबैभन्दा बढी प्रभावित हुने जनाएको छ ।

    जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, औद्योगिक गतिविधि र वस्तुको आवागमनमा असर पार्ने भएकाले उद्योग क्षेत्र आर्थिक वृद्धिको मुख्य अवरोध बन्ने प्रतिवेदनमा उल्लेख छ ।

    सेवा क्षेत्र पनि व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधबाट प्रभावित हुने विश्व बैंकको अनुमान छ । कृषि क्षेत्रमा भएको क्षतिको समग्र आर्थिक वृद्धिमा प्रभाव तुलनात्मक रूपमा सीमित भए पनि प्रभावित क्षेत्रका मानिसको जीविकोपार्जनमा भने उल्लेख्य असर पर्ने प्रतिवेदनले जनाएको छ ।

    विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले बाढीबाट भएको ठूलो मानवीय तथा आर्थिक क्षतिलाई नेपालले पूर्वाधार विकासको ढाँचा पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

    ‘यो नेपालले आफ्नो पूर्वाधार—सम्पर्क सञ्जाल, ऊर्जा तथा पानी, सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसर हो,’ उनले भने, ‘बदलिँदो जलवायु र जोखिमको स्वरूपलाई ध्यानमा राख्दै पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक क्षमतालाई केन्द्रमा राख्नुपर्छ ।’

    विश्व बैंकले बाढीपछि राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दा क्षतिग्रस्त संरचना जस्ताको तस्तै पुनर्निर्माण गर्नेभन्दा जोखिमलाई ध्यानमा राखेर नयाँ ढंगले निर्माण गर्न सुझाव दिएको छ ।

    पुनर्निर्माणका क्रममा बहुविपद् जोखिमको नयाँ मूल्यांकन, पूर्वाधार निर्माणको स्थान र डिजाइनको पुनरावलोकन तथा यातायात, ऊर्जा र सञ्चारका महत्त्वपूर्ण सञ्जालमा वैकल्पिक क्षमता बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै, विपद्को पूर्वसूचना प्रणालीलाई थप बलियो बनाउनुपर्ने र जोखिममा रहेका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सक्ने गरी एकीकृत सामाजिक सुरक्षा प्रणाली विकास गर्नुपर्ने विश्व बैंकको सुझाव छ ।

    विश्व बैंकका अनुसार बाढीपछि पुनर्निर्माण गतिविधि आर्थिक वृद्धिको नयाँ आधार बन्न सक्छन् । तर त्यसका लागि पूर्वाधार पुनर्निर्माणलाई भविष्यमा आउन सक्ने बाढी, पहिरो, हिमताल विस्फोटलगायत बहुविपद्को जोखिमसँग जोडेर अघि बढाउनुपर्नेछ ।

    दक्षिण एसियाको वृद्धिदर ६.९ प्रतिशत

    नेपालसम्बन्धी विकास अपडेटसँगै सार्वजनिक गरिएको दक्षिण एसिया आर्थिक अपडेटले सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । बलियो आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक जोखिमका बाबजुद क्षेत्रीय अर्थतन्त्र लचिलो रहने विश्व बैंकको अनुमान छ ।

    सन् २०२७ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । प्रतिवेदनले दक्षिण एसियाको आगामी आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई महत्त्वपूर्ण अवसरका रूपमा औंल्याएको छ । विकसित अर्थतन्त्रको तुलनामा दक्षिण एसियामा एआईको प्रयोग अझै कम भए पनि यसको प्रयोग तीव्र रूपमा बढिरहेको विश्व बैंकले जनाएको छ ।

    विश्व बैंक समूहकी एसिया क्षेत्रका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेले एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउने, निर्यातका अवसर विस्तार गर्ने र सार्वजनिक सेवा प्रवाह सुधार गर्ने क्षमता रहेको बताएकी प्रतिबेदनमा उल्लेख छ ।

    तर त्यसका लागि दक्ष जनशक्ति विकास, व्यवसायमैत्री वातावरण, भौतिक तथा डिजिटल पूर्वाधार सुधारसँगै साना व्यवसायमा एआई प्रयोगका अवरोध हटाउनुपर्ने विश्व बैंकको सुझाव छ । साथै स्थानीय एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र तथ्यांक सुरक्षा तथा गोपनीयता सुनिश्चित हुने स्पष्ट नियामकीय व्यवस्था बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने

    विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

    घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी

    महामन्त्रीमा उदयशम्शेर राणाको उम्मेदवारी

    कांग्रेस महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय…

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन

    आर्थिक

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑