सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ।
प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएको २२ सदस्यीय टोलीमध्ये करिब एक दर्जन जना सम्पर्कविहीन भएको आशंका गरिएको छ। उक्त टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेको बताइएको छ।
हिमपहिरोपछि टोलीका सदस्यहरूको अवस्थाबारे अहिलेसम्म यकिन विवरण प्राप्त हुन सकेको छैन। घटनाको जानकारी पाएपछि खोज तथा उद्धारका लागि काठमाडौंँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिमपहिरोबाट के–कति मानवीय तथा भौतिक क्षति भयो भन्ने यकिन भइसकेको छैन। घटनास्थलमा उद्धार तथा खोजी कार्यका लागि टोली परिचालन गर्ने तयारी भइरहेको छ।
सम्पर्कविहीन आरोही तथा सहयोगीहरूको खोजीका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण उद्धार टोली घटनास्थल पुगेपछि मात्र स्पष्ट हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा