• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ११, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

      मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही सम्पर्कविहीन

      उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ : डा.भट्ट

      नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

      ग्यास अभावपछि विद्युतीय चुल्होको आयातमा वृद्धि : इन्डक्सन आयात ७० प्रतिशतले बढ्यो

      ‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो

      देशभरका नदीमा बाढीको उच्च जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

      अविरल वर्षाले मधेशमा कहाँ–कहाँ के–के भयो क्षति ?

      पहिरोले घर पुरिँदा धनुषामा एक महिलाको मृत्यु

      मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह

      भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन

      मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द

      पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

      पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

      अरनिको राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध

    होमपेज /  राजनीती

    पर्यटनलाई आर्थिक विकास र रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ११, आईतबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको आर्थिक विकास, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण र समुदायको आयआर्जनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।

    विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा धार्मिक सम्पदा र बहु सांस्कृतिक पहिचानका कारण कोशी प्रदेश पर्यटनका दृष्टिले सम्भावनायुक्त रहेको बताए ।

    उनले सगरमाथा, कञ्चनजङ्घा र मकालुका हिमशृङ्खलादेखि पाथीभरा, हलेसी, बराहक्षेत्र र किरात सांस्कृतिक सम्पदासम्म तथा इलामका चियाबारी, कन्याम, श्रीअन्तु र माईपोखरीदेखि भेडेटार, तीनजुरे–मिल्के–जलजले, मुन्दुम ट्रेल र कोशीटप्पु वन्यजन्तु आरक्षसम्मका क्षेत्रलाई पर्यटनको प्रमुख आधारका रूपमा उल्लेख गरे ।

    हिमाल आरोहण, पदयात्रा, धार्मिक तथा सांस्कृतिक पर्यटन, प्रकृति तथा वन्यजन्तु अवलोकन, साहसिक पर्यटन, ग्रामीण तथा होमस्टे पर्यटनका माध्यमबाट कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

    मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास तथा स्तरोन्नति, नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा विकास, पदमार्ग र पर्यटकीय स्थलमा आवश्यक पूर्वाधार निर्माण, होमस्टे तथा स्थानीय पर्यटन व्यवसायको प्रवर्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेको छ ।

    पर्यटनसँग सम्बन्धित निजी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यलाई समेत सरकारले प्राथमिकता दिएको उनले बताए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ तथा कोशी प्रदेश भ्रमण वर्ष २०८३–८५ मार्फत प्रदेशका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियता चिनाउने र पर्यटन गतिविधिलाई चलायमान बनाउने काम भइरहेको उनले जानकारी दिए ।

    मुख्यमन्त्री कार्कीले पर्यटन केवल घुमफिरको विषय नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने, रोजगारी सिर्जना गर्ने, मौलिक कला तथा संस्कृतिको संरक्षण गर्ने र प्रदेशको समग्र समृद्धिमा योगदान पु¥याउने महत्त्वपूर्ण क्षेत्र भएको बताए ।

    उनले दिगो, वातावरणमैत्री, सुरक्षित, गुणस्तरीय र समुदाय केन्द्रित पर्यटन विकासमार्फत कोशी प्रदेशलाई स्वच्छ, सुखी र समुन्नत प्रदेशका रूपमा स्थापित गर्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।

    विश्व पर्यटन दिवसका अवसरमा पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउने व्यक्ति, संस्था, व्यवसायी तथा समुदायप्रति धन्यवाद व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ, सहयोग र सहभागिताका लागि आह्वान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

    नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

    स्वदेश फर्किए प्रधानमन्त्री, निमित्त सचिवले गरे प्रेस ब्रिफिङ

    विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै 

    सिंहदरबार नजिकै रहेको धादिङ अझै अध्याँरोमा छ, हेपिएको छ : सांसद कँडेल

    प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क तोकियो, सभापतिलाई ४० हजार

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    उच्च आर्थिक वृद्धिका लागि उत्पादनसँगै उत्पादकत्व बढाउनुपर्छ :…

    नेकपा बहुमतद्वारा सरकारविरुद्ध जनसंघर्ष गर्ने उद्घोष

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा

    राष्ट्रपति पौडेलले वसन्तपुर पुगेर गरे इन्द्रजात्राको अवलोकन

    आर्थिक

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑