• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तेलको मूल्य घट्यो

      महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

      एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

      सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

      कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह

      एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

      नेपाली क्रिकेट टोलीको विजयी सुरुआत, शनिबार जापानसँग खेल्ने

      बालेनको यूएन सम्बोधनलाई जेनजी नेताले दिए समर्थन, ‘अब बल्ल काम सुरु भयो’

      थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

      ‘विश्वमा हतियार ७२ घण्टामा पुग्छ, किसानले मल पाउँदैन’ : यूएनमा प्रधानमन्त्री बालेन

      मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

      गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

      देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

      एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

      काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

    होमपेज /  अन्य

    बालेनको यूएन सम्बोधनलाई जेनजी नेताले दिए समर्थन, ‘अब बल्ल काम सुरु भयो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनप्रति जेनजी नेतृत्व तहका युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

    उनीहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, विपद् तथा विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाइएको भन्दै अब त्यसलाई ठोस कार्यमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

    जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्ने विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।

    ‘विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखको रूपमा नेपालको प्रतिनिधित्व गर्नु युवाहरूका लागि सुखद र आनन्ददायक कुरा हो,’ हमालले भनेका छन् ।

    उनले नेपालले विश्वमञ्चमा उठाएका मुद्दालाई अब ठोस कूटनीति, संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमतामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    ‘कुरा राखियो, सकियो भन्ने होइन । अब बल्ल काम सुरु भएको छ । यो सुरुवात मात्रै हो। हामी परिणाम पर्खिरहेका छौँ,’ हमालले भनेका छन् ।

    त्यस्तै, जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्री विदेश जाँदा देशको प्रतिनिधित्व गर्ने भएकाले आफूहरूको हृदयदेखि नै शुभकामना रहने बताएका छन् । उनले भाषणको शैलीभन्दा त्यसमा उठाइएका विषयवस्तु महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

    ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले नेपालको विपद्को मर्म र देशको वर्तमान अवस्थालाई गहिराइका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन्।

    ‘घरमा आलोचना गरौँला, प्रश्न पनि गरौँला, तर घरमा मात्र गरौँला। हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री विदेश जानुहुँदा हृदयदेखि नै शुभकामना रहन्छ,’ ढुङ्गानाले भनेका छन् ।

    जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई प्राथमिकतामा राख्दै नेपालको वास्तविक भावना र आवाज अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताएकी छन्।

    उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद आवश्यक रहेको बताउँदै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यहरूलाई समेत सोहीअनुरूप सशक्त बनाउनुपर्नेमा जोड दिएकी छन्।

    यसैबीच, जेनजी नेता माजिद अन्सारीले प्रधानमन्त्री शाहको सम्बोधन स्पष्ट, संयमित र सन्तुलित रहेको टिप्पणी गरेका छन् ।

    उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेका विरोधाभासलाई निकै विनम्र र सूक्ष्म ढंगले उजागर गरेका थिए। विशेषगरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई प्रधानमन्त्रीले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनको भनाइ छ ।

    ‘जलवायु सुरक्षाको विषयमा छलफल नगरी गरिने विश्वव्यापी सुरक्षाको दाबीमा रहेको दोहोरोपनलाई मिठो शैलीमा उदांगो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,’ अन्सारीले भनेका छन् ।

    जेनजी नेताहरूले प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब सम्बोधनमा उठाइएका विषयलाई कूटनीतिक पहल, राष्ट्रिय नीति, संस्थागत सुधार र ठोस परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तेलको मूल्य घट्यो

    ‘विश्वमा हतियार ७२ घण्टामा पुग्छ, किसानले मल पाउँदैन’ : यूएनमा प्रधानमन्त्री बालेन

    गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ उपत्यकामा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तेलको मूल्य घट्यो

    महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि…

    सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै…

    कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार…

    थापाथलीस्थित बागमती नदीमा जल सतह सतर्कता तह पार

    बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    आर्थिक

    एनएमबि बैंक र इसिमोडबीच हरित वित्त प्रवर्द्धनका लागि समझदारी

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑