• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

      एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

      नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

      पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

      भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

      भरत दाहाललाई तत्काल रिहा गर्न सर्वोच्चको परमादेश

      दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

      मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

      सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

      शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

      प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

      पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ : मन्त्री गौतम

      एमाले सचिवालय बैठक : केन्द्रीय र स्थायी समितिमा मनोनयनबारे छलफल

      विमानस्थलमा फेरी फेला पर्यो आधा किलो सुन

      हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

    होमपेज /  समाचार

    भोटेकोशी बाढी : ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ८, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५१ पटक पढिएको
  • काठमाडौं । रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ ।

    नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना चालक, सहचालक तथा व्यवसायीसमेत सम्पर्कविहीन भएका छन् ।

    भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैरसरकारी निकाय, निजी संघसंस्था, सञ्चारमाध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो । विभागले असोज २ गते सूचना जारी गर्दै सात दिनभित्र क्षतिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

    विभागको उक्त आग्रहपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले असोज ५ गते विभागलाई प्रारम्भिक क्षतिको विवरण पठाएको हो । महासंघले विभिन्न सदस्य संघ, समिति तथा कम्पनीबाट संकलन गरेको विवरण विभागलाई उपलब्ध गराएको जनाएको छ ।

    महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले भदौ १० गते बिहान चीनको तिब्बती भू–भागबाट आएको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति हुँदा मालवाहक सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन भएको बताए ।

    उनले यातायात व्यवस्था विभागले क्षतिको यकिन विवरण संकलन गर्न आग्रह गरेपछि महासंघले सदस्य संस्थाबाट प्राप्त विवरण संकलन गरी पठाएको जानकारी दिए ।

    विवरणअनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि, लोकन्थलीका २१७ वटा ट्रक तथा कन्टेनर र २५१ जना चालक, सहचालक तथा व्यवसायी सम्पर्कविहीन छन् । नारायणी यातायात व्यवसायी संघ हेटौँडाका ५८ वटा ट्रक तथा कन्टेनर र ७८ जना, तराई यातायात व्यवसायी संघ सिमराका २१ वटा सवारीसाधन र ३५ जना तथा ट्रक यातायात व्यवसायी संघ नेपाल, बल्खुका १० वटा कन्टेनर र २० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

    त्यसैगरी गण्डकी ट्रक व्यवसायी संघ पोखराका २१ वटा ट्रक तथा कन्टेनर र ३४ जना तथा पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका ११ वटा कन्टेनर र २२ जना सम्पर्कविहीन रहेको महासंघले जनाएको छ ।

    नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार थप विवरण संकलन हुने क्रम जारी रहेकाले बेपत्ता सवारीसाधन तथा व्यक्तिको संख्या अझै बढ्न सक्नेछ ।

    महासंघ अध्यक्ष बाँनियाले प्राप्त विवरण प्रारम्भिक भएकाले थप तथ्याङ्क आएमा त्यसलाई समेत समेटिने बताए ।

    यातायात व्यवस्था विभागले पूर्वाधार विकास मन्त्रीको अध्यक्षतामा भदौ २६ गते यातायात व्यवसायी तथा सरोकारवालासहित बसेको बैठकको निर्णयअनुसार सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार तथा अन्य विषयमा राय–सुझावसहित प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ ।

    विभागले विपद्बाट भएको क्षतिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्दै संस्थाहरूले आफ्नो पहिचान खुलाएर विवरण पठाउनुपर्ने र सम्भव भएसम्म तथ्याङ्कको स्रोतसमेत उल्लेख गर्नुपर्ने जनाएको थियो ।

    महासंघले सोही आग्रहअनुसार आफू मातहतका संघ तथा समितिबाट विवरण संकलन गरी विभागमा पठाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात जना स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

    दैलेखमा विपद्को जोखिमबारे माइकिङ, सुरक्षित स्थानमा जान आग्रह

    शे–फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो, सतर्क रहन आग्रह

    प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

    एमाले सचिवालय बैठक : केन्द्रीय र स्थायी समितिमा मनोनयनबारे छलफल

    हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार…

    एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित सात…

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    पूर्व राष्ट्रपति भण्डारी बनिन् एमाले पार्टीको वरिष्ठ नेता

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ :…

    परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता

    आर्थिक

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑