सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम लिँदै इजरायल पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ परेकी पत्रकार बालिका सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ कांग्रेस नेता तथा यसै प्रकरणका अर्का आरोपित भरत चौलागाईंलाई दिएको बयान दिएकी छन्।
प्रहरी हिरासतमा रहेकी सिवाकोटीले आफूले संकलन गरेको रकममध्ये डेढ करोड रुपैयाँ चौलागाईंलाई दिएको बयान दिएको सिआइबी स्रोतले जनाएको छ। उनका अनुसार उनले काठमाडौंको गौशालामा चौलागाईंलाई भेटेर रकम बुझाएकी थिइन्।
रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय चौलागाईं र दोलखाको कालिन्चोक गाउँपालिका–८ की ३२ वर्षीया सिवाकोटीलाई प्रहरीले असोज २ गते पक्राउ गरेको थियो।
उनीहरूमाथि नेपाल र इजरायल सरकारबीच भएको ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (G2G) सम्झौताअन्तर्गत सन् २०२४ मा लिइएको परीक्षामा ‘लक्की ड्र’मा नपरेका व्यक्तिलाई समेत इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले १५६ जनाबाट जनही ६ लाख २० हजार रुपैयाँका दरले २ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम उठाएको आरोप छ।
रकम बुझाएपछि पनि काम नभएको भन्दै पीडितहरूले ताकेता गर्न थालेका थिए। त्यसक्रममा आरोपीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी आफूहरूलाई इजरायल पठाउने आश्वासन दिएको पीडितहरूको भनाइ छ।
पीडितका अनुसार सिवाकोटीले ‘कुमार बेनलाई मिलाएका छौँ’ भन्दै उनीहरूलाई आश्वस्त पारेकी थिइन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा