• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २५, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

      बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले भने: बालेनले हुकुमी शासन चलाए

      सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?

      ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

      विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

      केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

      गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

      मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

      पैसा अभावमा सुत्केरी महिला अस्पतालबाहिरै, स्वास्थ्य प्रणालीमाथि सांसद कर्णको प्रश्न

      राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो : सांसद झाँक्री

      फैसला कार्यान्वयनका लागि छुट्टै ऐन आवश्यक : मन्त्री गौतम

      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन राजीनामा

      प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणसँगै उद्धार र राहतको विषयमा छलफल भयो : बासना थापा

      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति अधिकारकर्मी आक्रोशित, शब्द फिर्ता लिएर माफी माग्न माग

      संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

    होमपेज /  राजनीती

    मुस्ताङमा भूकम्पबाट पाँचसय घरधुरीमा क्षति, तत्काल राहत र पुनर्निर्माणको माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २५, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङको लोमान्थाङमा गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीसम्म क्षति पुगेको भन्दै प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकालीले भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका–छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पटक–पटक धक्का महसुस भएको बताए ।

    उनले भने, ‘मैंले प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र मुस्ताङमा यही भाद्र २३ गते राति लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर क्षेत्र केन्द्रविन्दु भएर गएको ५.३ म्याग्निच्युडको भूकम्पपछि पछिल्लो २४ घण्टामा पटक–पटक गरी करिब ८ पटकसम्म धक्का महसुस भएको छ । यसबाट मुस्ताङको लोमान्थाङ गाउँपालिकाका वडा नम्बर १, २, ३ र ३, ४ र ५ मा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।’

    उनका अनुसार भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ ।

    ‘गाउँपालिकाको प्रारम्भिक अध्ययन अनुसार करिब ३०० देखि ५०० घरधुरीसम्म सामान्यदेखि गम्भीर प्रकृतिको क्षति पुगेको छ । केही घरहरू बस्न नमिल्ने तथा अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको छ । लोमान्थाङ ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको एक उच्च हिमाली बस्ती र मानव सभ्यता हो, जहाँ ¥याम्प अर्थ प्रविधिबाट निर्मित परम्परागत माटाका घरहरू छन् र यसलाई एउटा जीवित सङ्ग्रहालयको रूपमा, लिभिङ म्युजियमको रूपमा पनि परिचित छ,’ उनले भने ।

    भूकम्पपछि वर्षाका कारण चर्किएका तथा कमजोर बनेका संरचनामा थप क्षति पुगेको भन्दै उनले प्रभावित क्षेत्रमा जोखिम बढेको बताए । विद्यालय, सार्वजनिक संरचना तथा ऐतिहासिक र धार्मिक सम्पदामा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको उनको भनाइ छ ।

    उनले क्षतिको मूल्याङ्कनका आधारमा प्रभावित घरधुरीलाई क्षतिपूर्ति तथा पुनर्निर्माणको स्पष्ट व्यवस्था गर्न र विद्यालय तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनस्र्थापनाका लागि आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा समस्या देखियो : श्रेष्ठ

    विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

    गोरखा ५१ जना अझै बेपत्ता, खोजी तथा उद्धार तीव्र बनाउन सांसद बुर्लाकोटीको माग

    सुरुङभित्र जीवनको सम्भावना अझै जीवित छ : सांसद न्यौपाने

    राष्ट्रियसभा बैठक बस्दै 

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु भन्ने अमरेशकुमार सिंहले…

    सांसद घिमिरेको प्रश्न : नेपालमा दैनिक २० जनाले…

    ग्यास नियमित रूपमा आइरहेको छ तर वितरण प्रणालीमा…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    विपत्तिमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ छैन :…

    राष्ट्रियसभा बैठक बस्दै

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑