सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई वचन न्यूजको अग्रसरतामा राहत सामग्री वितरण गरिएको छ । ‘समाचारसँगै–सेवामा पनि’ भन्ने मूल भावनासहित काठमाडौंमा रहेका बाढीपीडित परिवारलाई खाद्यान्न तथा आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै पीडित परिवारका सदस्य विनोद लामाले बाढीले आफ्नो परिवारको मुख्य सहारा गुमाएको र बाँचेका सदस्यसमेत आधारभूत राहत तथा सुरक्षित बासस्थानको अभावमा कष्टकर जीवन बिताइरहेको बताए ।
लामाका अनुसार बाढी आएका बेला उनी काठमाडौंमा थिए भने उनका साला रसुवागढी (चीन सीमा क्षेत्र) बाट बेपत्ता भएका छन् । ससुराको यसअघि नै मृत्यु भइसकेको र परिवारको एक मात्र कमाउने सदस्य रहेका साला बेपत्ता भएपछि अहिले उनकी सासू, सालाकी श्रीमती र दुई नाबालक छोरी समस्यामा परेका छन् ।
उनले सानो तिब्बत बजार क्षेत्रमा अहिलेसम्म प्रभावकारी सरकारी राहत नपुगेको गुनासो गरे । कुनै संस्थाबाट एक–एक पाथी चामल र व्यक्तिगत रूपमा प्राप्त केही छिटफुट सहयोगबाहेक पीडितले पर्याप्त राहत नपाएको उनको भनाइ छ ।
बोगटीटारस्थित विद्यालयमा राहत सामग्री थुपारेर राखिए पनि वितरण हुन नसक्दा धेरै पीडित भोकै बस्न बाध्य भएको उनले बताए । एउटै होल्डिङ सेन्टरमा १०० देखि २०० जनासम्म मानिस कोच्चिएर रात बिताइरहेका र गर्मी तथा खोलाबाट आउने दुर्गन्धका कारण दैनिक जीवन झन् कष्टकर बनेको उनको भनाइ छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा