• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

      एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

      नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

      क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै

      जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

      जेनजी आन्दोलनपछि ‘एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र’ : कांग्रेस सहमहामन्त्री संग्रौला

      जेन्जी आन्दोलनमा घुसपैठ गराउने योजनाकार खोजेर कारबाही गरौँ : पोखरेल

      गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

      शहीद ‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो : प्रचण्ड

      अजय सोडारी भन्छन् : जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

      देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

      परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

      जेनजी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग

      प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

      विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

    होमपेज /  अन्य

    जेनजी आन्दोलनपछि ‘एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र’ : कांग्रेस सहमहामन्त्री संग्रौला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २३, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५ पटक पढिएको
  • काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नेपाली राजनीतिमा ठूलो परिवर्तन ल्याएको एक वर्ष पूरा भएको छ ।

    यसै संदर्भमा  गरेकोे संवादमा नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले जेनजी विद्रोहको एक वर्ष पुग्दा पनि त्यसको उद्देश्यअनुसार वर्तमान सरकार अघि बढ्न नसकेको आरोप लगाएकी छन् ।

    उनले सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता, प्रभावकारी सेवा प्रवाह र समुन्नत नेपालको जनअपेक्षा पूरा गर्न सरकार असफल भएको दाबी गरेकी हुन् ।

    संग्रौलाका अनुसार जेनजी विद्रोहको मुख्य उद्देश्य नेपालमा रूपान्तरण, सुशासन र भ्रष्टाचारमाथि शून्य सहनशीलता कायम गर्नुका साथै नागरिकलाई राज्यबाट चुस्त–दुरुस्त सेवा उपलब्ध गराउनु थियो । यही आधारमा राजनीतिक दलहरूले पनि आफूलाई परिवर्तन गर्दै नयाँ ढंगबाट अघि बढ्नुपर्ने अपेक्षा गरिएको उनले बताइन् ।

    निर्वाचनपछि जेनजी आन्दोलनकै जगमा वर्तमान सरकार बनेको बताउँदै उनले जेनजी विद्रोहको एजेन्डा बोकेर बनेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति जनताले ठूलो आशा र भरोसा गरे पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गरिन् ।

    उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा सरकार कमजोर देखिएको आरोप लगाइन् । ०४६ सालको राजनीतिक परिवर्तनपछि उच्च पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने तथा विगतका सबै भ्रष्टाचार काण्डका फाइल खोल्नुपर्ने कांग्रेसको धारणा रहेको उनले बताइन् । उनले सरकारले उक्त विषयलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताइन् ।

    उनले भनिन्, ‘हामीले भनेका छौँ ०४६ सालको परिवर्तनपछि जति पनि उच्च पदमा पुगेका व्यक्तिहरु छन् ती सबैको सम्पत्ति छानबिन गर र सबै काण्डका फाइल खोलौं भनेका छौं । तर सरकार त्यस विषयमा ब्रेकडाउन भएको जस्तो लाग्छ, अगाडि बढेको देखिँदैन ।’

    जनताले सिंहदरबारबाट प्रत्यक्ष रूपमा प्रभावकारी सेवा पाउनुपर्ने भए पनि सरकार विपद् व्यवस्थापनमै कमजोर देखिएको उनले उल्लेख गरिन् । विशेषगरी भोटेकोसीमा आएको बाढी तथा त्यसपछिको विपत्तिमा उद्धार, राहत र पुनःस्थापनाका काममा सरकारको उपस्थिति प्रभावकारी हुन नसकेको उनले बताइन् ।

    उनले संघीय सरकार मात्रै सरकार नभएको भन्दै संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारसँग समेत वर्तमान सरकारको प्रभावकारी संवाद र समझदारी देखिन नसकेको उनले टिप्पणी गरिन् ।

    रूपान्तरण कुनै एक दल वा समूहको मात्र एजेन्डा नभएको बताउँदै सबै राजनीतिक दललाई एकताबद्ध गरेर राष्ट्र निर्माणमा अघि बढ्नु सरकारको दायित्व भएको बताइन् । संसद् जनताको सार्वभौमसत्ता प्रयोग हुने प्रमुख थलो भएकाले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उनले बताइन् ।

    उनले भनिन्, ‘जनताको सार्वभौमसत्ता सम्पन्न थलो संसद् हो, जहाँ बहस हुन्छन् र प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्छ । तर संसद्प्रति उत्तरदायी बन्न पनि सांसदहरूले आवाज उठाइरहनुपर्ने स्थिति बन्यो ।’

    उनका अनुसार नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा पार्टीभित्र रूपान्तरण र सुशासनलाई आत्मासाथ गरेको बताएकी छन् । आफुहरु पनि सरकारको एउटा अंग भएको उनले बताइन् ।

    उनले सरकारका सकारात्मक काममा सहयोग गर्ने र कमजोरी औँल्याउने नीति कांग्रेसले लिएको उनले बताइन् ।

    उनले जेनजी आन्दोलनका क्रममा भएका २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुन नसकेको बताइन् । २३ गतेको आन्दोलनमा बालबालिकासहित युवामाथि गोली चलाइएको र त्यसबाट घाइते तथा शहीद भएका परिवारका माग अझै सम्बोधन नभएको उनले बताइन् ।

    सहमहामन्त्री संग्रौलाले जेनजी विद्रोहले मुलुकलाई ठूलो परिवर्तनको संघारमा पु¥याए पनि आन्दोलनपछि जनताका आवाज झन् दबाइएको बताइन् । उनले आज पनि नागरिकले आफ्ना माग र आवाज उठाउँदा सरकारले सुन्नुको सट्टा लाठीचार्ज गर्ने गरेको बताइन् ।

    उनले भनिन्, ‘जेनजी विद्रोहले मुलुकलाई ठूलो परिवर्तनको संघारमा उभ्याइदियो । तर आज पनि आवाज उठाउँदा सरकारले सुन्दैन, उल्टै लाठीचार्ज हुन्छ । आवाज दबाउने प्रक्रियामा स्वयं जेनजीको आडमा आएको सरकार लागेको देखिन्छ,’ उनले भनिन् ।

    संग्रौलाका अनुसार आन्दोलनको २३ गतेको घटनामा कलिला बालबालिकामाथि गोली चलाइएको थियो । त्यस क्रममा घाइते भएका तथा ज्यान गुमाएका परिवारका मागहरू अझै सम्बोधन नभएको भन्दै उनले सरकारप्रति असन्तुष्टि जनाइन् ।

    ‘एकातिर २३ गतेको आन्दोलनमा कलिला बालबालिकामाथि गोली चल्यो, जसका घाइते र शहीद परिवारका माग अहिलेसम्म सम्बोधन भएका छैनन्,’ उनले भनिन्, ‘अर्कोतिर २४ गतेका ध्वंसात्मक गतिविधिमा संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायत सार्वजनिक तथा निजी सम्पत्ति जले, तर त्यसको निष्पक्ष छानबिनमा सरकार चुक्यो । एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र ।’

    उनले जेनजीको आडमा गठन भएको भनिएको सरकार नै आवाज दबाउने प्रक्रियामा लागेको देखिनु विडम्बनापूर्ण भएको बताइन् ।

    त्यस्तै, आन्दोलनको २४ गते भएका ध्वंसात्मक गतिविधिप्रति पनि सरकारले निष्पक्ष छानबिन गर्न नसकेको उनको आरोप छ । संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका सार्वजनिक संरचना तथा निजी सम्पत्तिमा आगजनी र क्षति पुगेको घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले बताइन् ।

    उनका अनुसार आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता, न्याय र राजनीतिक सुधारका सवाललाई सम्बोधन नगरे मुलुकमा थप असन्तुष्टि पैदा हुन सक्नेछ । त्यसैले सरकार पारदर्शी र निष्पक्ष ढंगले अघि बढ्नुपर्ने उनले बताइन् ।

    उनले निजी क्षेत्रप्रति सरकारको व्यवहारका कारण बजारमा निराशा बढेको दाबी गरिन् । व्यापारी तथा व्यवसायीलाई पहिले थुन्ने र त्यसपछि मात्र उनीहरूको कुरा सुन्ने प्रवृत्तिले उद्योग–व्यवसायमा नकारात्मक प्रभाव परेको उनले बताइन् ।

    देशको अर्थतन्त्र ऋण र रेमिट्यान्समा निर्भर हुँदै गएको भन्दै उनले युवालाई स्वदेशमै रोजगारी दिने वातावरण बनाउन सरकार असफल भएको बताइन् । चुनावका बेला ‘कोही विदेश जानु पर्दैन’ भन्ने प्रतिबद्धता गरिए पनि अहिले ठूलो संख्यामा युवा रोजगारीका लागि विदेशिन बाध्य भएको उनले बताइन् ।

    गैरआवासीय नेपालीका लागि आवश्यक कानुन निर्माण हुन नसक्दा विदेशी तथा गैरआवासीय नेपालीको लगानीसमेत अपेक्षित रूपमा भित्रिन नसकेको उल्लेख गरिन् । कृषि, जलस्रोत, पर्यटन र उद्योग क्षेत्रमा लगानी र रोजगारीको वातावरण सिर्जना गरेर युवाको पलायन रोक्नुपर्ने उनले बताइन् ।

    संग्रौलाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि आमूल सुधार आवश्यक रहेको बताइन् । महँगो शिक्षा लिएर पनि रोजगारीको सुनिश्चितता नहुने अवस्था अन्त्य गर्नुपर्ने तथा सर्वसाधारणले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने व्यवस्था गर्नुपर्ने उनको माग छ ।

    बढ्दो महँगी, कालोबजारी तथा ग्यास र पेट्रोलजस्ता आधारभूत आवश्यकताका वस्तुको अभावले जनता समस्यामा परेको उनले बताइन् । बालिकामाथि हुने हिंसा र बलात्कारका घटनामा समेत सरकारले ठोस कानुनी तथा संस्थागत सुधार गर्नुपर्ने उनले बताइन् ।

    संसद्मा प्रधानमन्त्री ‘एक्सप्रेस गाडी’ जस्तो आउने र सांसदका कुरा नसुनी फर्किने शैलीले अभिभावकीय भूमिका नदेखाउने बताइन् ।

    उनले कठिन परिस्थितिमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दललाई विश्वासमा लिनुपर्ने बताइन् । विपद्, सामाजिक तनाव र राष्ट्रिय संकटका बेला सरकार एक्लै अघि बढ्नुभन्दा सबै दलसँग सहकार्य गर्नुपर्ने उल्लेख गरिन् ।

    जेनजी विद्रोहले मुलुकलाई ठूलो परिवर्तनको संघारमा पु¥याएको बताउँदै त्यस आन्दोलनको मर्मअनुसार काम गर्ने अवसर अझै रहेको बताइन् । सरकारसँग जनताको विश्वास कायम राख्ने अवसर भए पनि त्यसलाई स्टन्टबाजीमा होइन, सुशासन, सेवा प्रवाह र परिणाममुखी काममा प्रयोग गर्नुपर्ने उनले बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

    गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

    परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

    ऋण असुलीका नाममा ऋणीलाई यातना दिए बैंकलाई कारबाही, ऋण नउठ्ने चिन्तामा बैंकर

    अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म किन लिएन प्रहरीले जाहेरी ?

    भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव फेला

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान…

    जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी…

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता,…

    आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑