सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकाभित्र होटल, रेस्टुरेन्ट, क्यान्टिनलगायत व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाएको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने अवस्था बनेपछि निगमले यस्तो निर्णय गरेको हो। अब उपलब्ध ग्यास घरायसी तथा अत्यावश्यक प्रयोजनका उपभोक्तालाई प्राथमिकताका आधारमा वितरण गरिनेछ।
बुधबार निगमका नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) दीपक बरालको अध्यक्षतामा निगमका अधिकारी तथा ग्यास विक्रेता महासंघका पदाधिकारीबीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति शृंखलामा गम्भीर असर परेको निष्कर्ष निकालेको थियो।
सम्भावित अभाव रोक्न तराईबाट वैकल्पिक मार्ग हुँदै ग्यास काठमाडौं ल्याउने निर्णयसमेत बैठकले गरेको छ। राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आउन नसकेका ग्यास बुलेटको विकल्पमा उपत्यकामा बिक्री वितरण गर्ने उद्योगहरूले तराईस्थित उद्योगमै सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ।
तराईबाट ल्याइएको ग्यास विक्रेताले समानुपातिक र सहज रूपमा उपभोक्तालाई वितरण गर्नुपर्नेछ।
व्यावसायिक प्रयोजनका लागि ग्यास प्रयोग गर्ने होटल, रेस्टुरेन्ट तथा ठूला उपभोक्ताले भने आफैं ग्यास व्यवस्थापन गर्नुपर्ने भएको छ। उनीहरूले आफूले प्रयोग गर्ने ब्रान्डका खाली सिलिन्डर सम्बन्धित डिलर वा उद्योगसँग समन्वय गरी तराईका उद्योगमा पुर्याएर रिफिल गराउनुपर्नेछ। त्यसपछि वैकल्पिक मार्गबाट काठमाडौं ल्याउनुपर्ने व्यवस्था गरिएको छ।
उपलब्ध ग्यास विद्यार्थी, असहाय, बिरामी, ज्येष्ठ नागरिक, आश्रम, अपाङ्गता भएका व्यक्ति तथा बाढीपीडितका लागि सञ्चालन गरिएका राहत तथा सेवा केन्द्रलाई प्राथमिकताका आधारमा उपलब्ध गराइनेछ।
त्यस्तै, बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन आयल निगमको ‘क्यूआरटी’ टोलीमा ग्यास विक्रेताका तर्फबाट दुई जना प्रतिनिधि सहभागी गराउने निर्णय भएको छ। यसबाट बजार अनुगमन तथा उपभोक्ताका गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउने निगमको अपेक्षा छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा