सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित नागरिकको उद्धार, खोज तथा राहतका लागि सरकारले १२ वटा हेलिकप्टर परिचालन गरेको छ।
सरकारका अनुसार उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका चार वटा र निजी क्षेत्रका आठ वटा हेलिकप्टर परिचालन गरिएको हो। बाढी प्रभावित क्षेत्रमा फसेका नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्दै हेलिकप्टरमार्फत उद्धार अभियान अघि बढाइएको छ।
यसैबीच, नेपाली सेनाका दुई वटा उद्धार हेलिकप्टर तथा स्वास्थ्यकर्मीसहितको अर्को एक हेलिकप्टर गरी तीन वटा टोली नुवाकोट र रसुवातर्फ प्रस्थान गरेका छन्। प्रभावित क्षेत्रमा आवश्यक उद्धार तथा स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यकर्मीसहितको टोली पठाइएको हो।
बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ। स्थानीय प्रशासनसँग समन्वय गर्दै सुरक्षा निकायले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार कार्य अघि बढाइरहेका छन्।
हेलिकप्टरबाट निरन्तर उद्धार तथा राहत कार्य सञ्चालन गर्न आवश्यक हवाई इन्धनको व्यवस्थासमेत गरिएको छ। उद्धार तथा राहतमा खटिने हेलिकप्टरमा इन्धन भर्न नेपाल आयल निगमले काठमाडौंंबाट हवाई इन्धनसहितको ट्यांकर नुवाकोटको त्रिशूलीमा तत्काल परिचालन गरेको छ।
यसले प्रभावित क्षेत्रमा खटिएका हेलिकप्टरलाई आवश्यक इन्धन उपलब्ध गराएर उद्धार तथा राहत अभियानलाई निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यका लागि निजी हेलिकप्टर परिचालन गर्न छुट्टै अनुमति लिनु नपर्ने निर्णयसमेत गरिएको छ। उद्धार कार्यमा निजी क्षेत्रका हेलिकप्टरलाई तत्काल परिचालन गर्न सहज हुने गरी यस्तो व्यवस्था गरिएको हो।
सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा