सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा १५औँ महाधिवेशनको तयारीलाई लक्षित गर्दै आफ्नो समूहले स्थापना गरेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा दोस्रोपटक पुगेका छन्।
स्वास्थ्य उपचारपछि नेपाल फर्किएको केही समयमै देउवा आइतबार पुनः चुनदेवीस्थित कार्यालय पुगेका हुन्। कार्यालयमा उनले पार्टीभित्रको पछिल्लो विवाद, आगामी महाधिवेशनको तयारी तथा आफ्नो समूहलाई कसरी अघि बढाउने भन्ने विषयमा नेता–कार्यकर्तासँग छलफल गरेका छन्।
छलफलमा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ता सहभागी भएका थिए। देउवा बस्ने मुख्य कुर्सीअगाडिको टेबुलमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको नेमप्लेटसमेत राखिएको थियो।
यसअघि कांग्रेसको केन्द्रीय अनुशासन समितिले देउवा समूहले पार्टी सभापतिको नेमप्लेट र पार्टीको आधिकारिक लेटरप्याड अनधिकृत रूपमा प्रयोग गरेको भन्दै आपत्ति जनाएको थियो। अनुशासन समितिका संयोजक तारामान गुरुङले यस विषयमा आपत्ति जनाएका थिए।
गत पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकतालाई सर्वोच्च अदालतको डिभिजन बेञ्चले समेत सदर गरिसकेको छ। यद्यपि, उक्त निर्णयविरुद्ध देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको छ।
यसबीच देउवा पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई स्वीकार नगरी देउवालाई नै सभापतिका रूपमा प्रस्तुत गर्दै आएको छ। नेपाल फर्किएयता चुनदेवीस्थित सम्पर्क कार्यालयमा देउवाको सक्रियता पनि बढेको छ।
यसअघि साउन २८ गते स्वास्थ्य उपचार सकेर नेपाल फर्किएलगत्तै देउवा सिधै चुनदेवीस्थित कार्यालय पुगेका थिए। विशेष महाधिवेशनपछि पार्टी नेतृत्वबाट बाहिरिएपछि देउवा समूहले १५औँ महाधिवेशनको तयारी, समन्वय तथा संगठनात्मक गतिविधि अघि बढाउन चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको हो।
तर, नेपाल फर्किएपछि देउवा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा भने पुगेका छैनन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा