• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

      सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

      रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

      १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक पुगे

      बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

      ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

      मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

      जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

      नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

      मैले सानो उमेरमा बोलेको शब्दलाई काटेर नकारात्मकता फैलाइयोः सोविता गौतम

      सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

      नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

      रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

      सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

      सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका

    होमपेज /  समाचार

    जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ७, आईतबार (६ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन आजको आवश्यकता भएको बताएका छन् ।

    कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशको परिस्थिति असाधारण रहेको र राष्ट्रिय स्वाधीनताको विषय निकै ठूलो संकटबाट गुज्रिरहेको बताए ।

    लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू खोसिँदै गएको तथा त्यसैमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिको दबाब तथा हस्तक्षेप बढिरहेको उनको भनाइ थियो ।

    उनले भने, ‘आज देशको परिस्थिति असाधारण खालको छ । निकै ठूलो संकटबाट राष्ट्रिय स्वाधीनताको विषय गुज्रेको छ । लामो संघर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू खोसिँदै छन् । त्यसमाथि विभिन्न खालका साम्राज्यवादी र प्रतिक्रियावादीहरूको दबाब, हस्तक्षेप बढिरहेको छ ।’

    यस्तो अवस्थामा विचार मिल्ने शक्तिहरूबीच पार्टी एकता, तत्कालका निश्चित विचार र मुद्दामा सहमति राख्ने शक्तिहरूबीच सहकार्य तथा विगतमा शान्ति र संविधानका पक्षमा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिहरूबीच मोर्चा आवश्यक रहेको उनले बताए ।

    प्रचण्डले आफूहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धा रहेको उल्लेख गर्दै अहिलेको समय र परिस्थितिले सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित र बाध्य बनाएको बताए ।

    उनले भने, ‘हामी यहाँ उपस्थित भएकाहरू कुनै न कुनै समयमा एउटै पार्टीका सहयोद्धाहरू थियौं । आज समय र परिस्थितिले फेरि सबैलाई गम्भीर आत्मसमीक्षा गर्न प्रेरित गरेको छ, बाध्य पारेको छ ।’

    उर्वर रूपमा अगाडि बढिरहेको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका साथै ठूलो धक्का र संकटमा पर्नुको मूल कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

    इतिहास, वर्ग संघर्ष र राजनीतिक संघर्षले आफूहरू सबैलाई त्यसबारे समीक्षा गर्ने ठाउँमा ल्याइपुर्याएको उनको भनाइ थियो ।

    प्रचण्डले गत भदौ २३ र २४ गते भएको विध्वंसको घटनाले प्रतिक्रान्तिको भयानक विभीषिका देखाएको बताए । उक्त घटनाबाट समेत अनुभव लिएर कम्युनिस्टहरूले आफ्ना गम्भीर त्रुटिहरूबारे समीक्षा गर्नुपर्ने उनले बताए ।

    उनले भने, ‘गत भदौ २३, २४ गतेको विध्वंसले प्रतिक्रान्तिको भयानक विभीषिका हामीले देख्यौं । त्यसका समेत अनुभवहरूबाट मैले के भन्ने गरेको छु भने कहीँ न कहीँ हामी कम्युनिस्टहरूले केही गम्भीर त्रुटि गर्यौं ।’

    नेपाली जनताले कम्युनिस्ट पार्टीलाई पटक–पटक विश्वास गरेको, ठूलो त्याग र बलिदानमा सहभागिता जनाएको तथा निर्वाचन प्रक्रियामा समेत अत्यधिक मत दिएको स्मरण गर्दै त्यसका बाबजुद कम्युनिस्ट आन्दोलन र उपलब्धिहरूलाई जोगाउन नसक्नु गम्भीर प्रश्न भएको प्रचण्डले बताए ।

    ‘नेपाली जनताको अपार समर्थन हुँदाहुँदै पटक–पटक कम्युनिस्टहरूलाई विश्वास गरेर जनताहरूले ठूलो–ठूलो त्याग र बलिदानमा सहभागिता मात्र होइन, निर्वाचन प्रक्रियामा पनि अत्यधिक मत दिँदादिँदै पनि बचाउन हामीले किन सकेनौं ? यो एउटा गम्भीर प्रश्न छ,’ उनले भने ।

    उनले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले विगतका त्रुटिको गम्भीर आत्मसमीक्षा गरी मुख्य त्रुटि कहाँ भयो भन्ने निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए । त्यसो गर्न नसके कम्युनिस्ट शक्तिहरूबीच एकता हासिल गर्न र हासिल भएको एकतालाई दिगो बनाउनसमेत कठिन हुने उनको भनाइ थियो ।

    ‘जबसम्म हामी आफूलाई कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता भन्नेहरूले यो विषयको गम्भीर आत्मसमीक्षा गरेर त्रुटि कहाँनिर भयो, मुख्य त्रुटि के हो भन्ने निष्कर्षमा हामी पुग्न सक्दैनौं भने एकता पनि फेरि हासिल गर्न र त्यो एकतालाई दिगो बनाउन पनि सकिँदैन,’ प्रचण्डले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

    मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

    सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

    नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

    रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

    सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन :…

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन…

    रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑