सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई ‘विदेशी जासुसी विद्रोह’को संज्ञा दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मिश्रले यसअघि भदौ २३ को घटनालाई ‘जेन–जी विद्रोह’ र भदौ २४ को घटनालाई ‘घुसपैठ विद्रोह’का रूपमा व्याख्या गर्दै आएको बताएका छन्। विभिन्न देशमा भएका विद्रोह तथा जासुसी गतिविधिबारे अध्ययन गरेपछि आफ्नो बुझाइ परिवर्तन भएको उनको भनाइ छ।
मिश्रका अनुसार तत्कालीन घटनामा कुनै अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था वा संस्थाहरूले नेपाली युवामा रहेको असन्तुष्टि, पीडा, आक्रोश र अपेक्षालाई उनीहरूकै जानकारीबिना आफ्नो उद्देश्यअनुकूल प्रयोग गरेको हुनसक्छ।
करिब ६ घण्टाको अवधिमा राज्यका प्रमुख संरचनासहित राष्ट्रप्रमुखको निवासमा समेत आगजनी भएको घटनालाई असामान्य भन्दै उनले यसलाई आफ्नो दाबीको आधारका रूपमा प्रस्तुत गरेका छन्।
भदौ २३ र २४ गतेका घटनाका योजनाकार, योजना तथा कार्यान्वयनसँग सम्बन्धित गोप्य तथ्य भविष्यमा सार्वजनिक भए घटनाको वास्तविकता थप स्पष्ट हुने मिश्रले बताएका छन्।
त्यस्ता तथ्य बाहिर आएमा घटनामा आधारित रहेर हलिउडको विश्वविख्यात निर्देशकले जासुसी चलचित्र बनाए त्यो संसारकै उत्कृष्टमध्ये एक बन्न सक्ने उनको दाबी छ।
मिश्रले घटनाको वास्तविक पृष्ठभूमि पत्ता लगाउन राज्यले गम्भीर अनुसन्धान गर्नुपर्ने समेत बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा