सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
श्रेष्ठलाई बुधबार ललितपुरबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताइएको छ ।
अदालतबाट हिरासतमा राख्ने अनुमति पाएसँगै प्रहरीले श्रेष्ठमाथि लागेको आरोपबारे थप अनुसन्धान अघि बढाउने भएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा