• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण

      पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

      रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

      रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

      देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’

      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

      देउवाको स्वागत गर्न पुगेको भिडले सकारात्मक राजनीतिक सन्देश दिएको छ : महेश बस्नेत

      देउवालाई स्वागत गर्न उर्लिए नेता कार्यकर्ता, छत खुल्ने गाडीबाट गरे अभिवादन

      आफना नेता कार्यकर्तालाई काठमाडौं ओर्लिएपछि हात हल्लाएर देउवाको अभिवादन, हेर्नुहोस् फोटोहरु

      शक्तिशाली सरकारलाई समेत एनसेलको चेतावनी: छानबिन प्रतिवेदन सार्वजनिक भए वातावरण विग्रन्छ

      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा, बाजागाजा र झाँकीसहित भव्य स्वागत

      रास्वपा सांसद खगेन्द्र सुनारका शृङ्खलाबद्ध विवादित अभिव्यक्तिः घट्दैछ पदीय मर्यादा

      देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ

    होमपेज /  समाचार

    होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २८, बिहिबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान बिहीबार झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    बिहीबार परिवारका अनुसार पासवानलाई खाना खान बोलाउन जाँदा कोठाको ढोका नखुलेपछि पछाडिको झ्यालबाट हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतककी बुहारीका अनुसार बिहान करिब १० बजे खाना खाने बेला बोलाउन जाँदा ढोका नखुलेपछि झ्यालबाट हेर्दा पासवान मृत अवस्थामा भेटिएका हुन् ।

    उनले भनिन्, ‘खाना खाने बेला करिब १० बजे बोलाउन गएको, ढोका खोल्नु भएन। पछाडिबाट झ्याल खोली हेर्दा मान्छे छैन रहेछ, बितिसक्नुभएछ ।’

    परिवारका अनुसार पासवानको यसअघि कुनै गम्भीर समस्या थिएन । सरकारले सुकुम्बासी बस्ती खाली गर्न घर भत्काएपछि भने उनी तनावमा रहेको बुहारीको भनाइ छ । घर भत्किएपछि उनलाई उच्च रक्तचापको समस्या देखिएको र त्यसकै कारण दुवै आँखामा समेत समस्या आएको बुहारीले बताइन् । उनका अनुसार महानगरपालिकाले उपचार गराएपछि पासवानले नियमित रूपमा प्रेसरको औषधि सेवन गर्दै आएका थिए ।

    आफ्नो नाममा घरजग्गा नभएको र घर भत्काइएपछि आफूहरू होल्डिङ सेन्टरमा बस्न बाध्य भएको उनीहरूको भनाइ छ । मृतक पासवानले आफूहरूको नाम पुनःस्थापना वा व्यवस्थापनसम्बन्धी सूचीमा नपरेको भन्दै पटक–पटक गुनासो गर्ने गरेको परिवारले जनाएको छ।

    ‘हाम्रो घरजग्गा कहीँ छैन। सबैको नाम आयो, हाम्रो किन आएन भनेर पटक–पटक कुरा गर्नुहुन्थ्यो। हाम्रो सुनुवाइ भएन, हाम्रो नाम कहीँ आएन भन्नुहुन्थ्यो,’ बुहारीले भनिन् ।

    परिवारले पासवानको मृत्युको घटनाप्रति राज्यका सम्बन्धित निकायले चासो नदेखाएको भन्दै असन्तुष्टि जनाएको छ । आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राख्ने जिम्मेवारी लिएका सरकारी निकायका प्रतिनिधि घटनाबारे बुझ्न र परिवारसँग कुरा गर्न आउनुपर्ने उनीहरूको माग छ ।

    ‘हाम्रो अडान के छ भने बुवाले त आत्महत्या गर्नुभयो, अब सरकारले जसले हामीलाई यहाँ ल्याएर राख्नुभयो उहाँहरू त आउनुप¥यो नि। घटनाबारे सोधपुछ त गर्न आउनुप¥यो नि,’ उनले भनिन्, ‘बिहान १० बजेदेखि अहिले ६ बजिसक्दा पनि कोही आउनुभएन। यो कस्तो राज्य हो, के गर्न खोजेको हो?’

    परिवारले शव निकालेर लैजाने काम मात्रै गरेर घटनालाई टुंग्याउन खोजिएको भन्दै प्रश्नसमेत गरेको छ।

    ‘जो आउनुभएको थियो, माथिबाट लास निकाल्ने र लैजाने भन्नका लागि आउनुभएको थियो। माथिबाट निकालेर लगेपछि कुरा त सकियो, हाम्रो त केही हुँदैन। हाम्रो कुरा कसले सुनिदिने हो?’ उनले भनिन् ।

    पासवानको परिवारले काठमाडौं महानगरपालिकाको नेतृत्वप्रति आफूहरूको आशा र विश्वास रहेको भए पनि अहिलेको घटनापछि आफूहरू निराश भएको जनाएको छ । ‘यो बालेन सरकारमाथि आशा र विश्वास थियो,’ उनले भनिन्।

    परिवारले भने पासवानको मृत्युको कारणबारे निष्पक्ष छानबिन गर्नुपर्ने, आफूहरूको समस्या सुन्नुपर्ने र घर भत्काइएपछि विस्थापित परिवारको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

    देउवालाई स्वागत गर्न उर्लिए नेता कार्यकर्ता, छत खुल्ने गाडीबाट गरे अभिवादन

    रास्वपा सांसद खगेन्द्र सुनारका शृङ्खलाबद्ध विवादित अभिव्यक्तिः घट्दैछ पदीय मर्यादा

    देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन्…

    मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑