• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २८, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण

      पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

      रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता

      रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

      देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’

      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

      देउवाको स्वागत गर्न पुगेको भिडले सकारात्मक राजनीतिक सन्देश दिएको छ : महेश बस्नेत

      देउवालाई स्वागत गर्न उर्लिए नेता कार्यकर्ता, छत खुल्ने गाडीबाट गरे अभिवादन

      आफना नेता कार्यकर्तालाई काठमाडौं ओर्लिएपछि हात हल्लाएर देउवाको अभिवादन, हेर्नुहोस् फोटोहरु

      शक्तिशाली सरकारलाई समेत एनसेलको चेतावनी: छानबिन प्रतिवेदन सार्वजनिक भए वातावरण विग्रन्छ

      साढे पाँच महिनापछि नेपाल फर्किए देउवा, बाजागाजा र झाँकीसहित भव्य स्वागत

      रास्वपा सांसद खगेन्द्र सुनारका शृङ्खलाबद्ध विवादित अभिव्यक्तिः घट्दैछ पदीय मर्यादा

      देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ

    होमपेज /  समाचार

    देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २८, बिहिबार (१0 घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २५ पटक पढिएको
  • देउवाको नेपाल आगमन : ‘उत्साह’ र ‘शंका’विचको भावी राजनीति

    काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले पार्टीको राजनीति थप गिजोलिएको छ ।

    देउवाको स्वागतमा इतर पक्षका नेता कार्यकर्ताले विमानस्थलमा देखाउने भनिएको शक्ति प्रदर्शन र विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वका नेताहरुले दिइरहेको अभिव्यक्तिले कांग्रेस मात्र नभइ मुलुककै राजनीति नयाँ मोडमा प्रवेश गर्ने अनुमान सुरु भएको छ ।

    देउवाको स्वदेश फिर्तालाई कांग्रेस भित्रकै नेताहरुले विभिन्न कोणबाट शंका व्यक्त गरिरहेका छन् । कतिपयले सरकार र देउवा समूहबिच नयाँ समझदारी बनेको अनुमान गरेका छन् भने कतिपयले गगन थापा समूहलाई कमजोर बनाउने रणनीतिका रुपमा व्यख्या गरेका छन् । रेड कर्नर नोटिस जारी गरेर नेपाल झिकाउने मनस्थितिमा रहेको नेपाल सरकार एकाएक कसरी परिवर्तन भयो भन्ने विषय सबैभन्दा रोचक र चासोपूर्ण मानिएको छ ।

    करिब ६ महिनापछि नेपाल आउने कार्यतालिका बनाएका देउवाले विदेशमै बसेर पनि कांग्रेसको आन्तरिक राजनीतिमा राम्रो प्रभाव राख्दै आएका थिए । त्यसैले उनको भूमिकाले आन्तरिक शक्ति सन्तुलन र नेतृत्वसम्बन्धी विवाद थप गिजोलिने संकेत देखिएको छ । त्यसबाहेक अदालतले पुनरावलोकन गर्ने विषयलाई ‘शंका’ र ‘सेटिङ’का रुपमा अनुमान गर्न थालिएको छ ।

    जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुन राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यहाँबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । हङकङमा रहँदा पनि देउवाले आफ्ना कार्यकर्ता र महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गर्ने गरेको उनी निकट नेताहरुले बताउने गरेका छन् । बेलामौका उनले आधिकारिक स्टेटमेन्ट नै पार्टीको लेटरप्याडमा सार्वजनिक गर्दै आएका थिए ।

    इतर पक्षको नेताहरुका अनुसार देउवाको नेपाल आगमन साँच्चै उत्साहपूर्ण हुँदैछ । जेनजी आन्दोलनले उपचारको वहानामा विरक्तिएर विदेश उडेका उनको हङकङ बसाइलाई ‘निर्वासन’का रुपमा ब्याख्या नगरिनु अनि देशको राजनीति अवस्था तरल भइरहेको अवस्थामा उत्सापूर्वक नेपाल फर्किनुलाई सर्वोच्च अदालतले देखाएको सकारात्मक सन्देशलाई पनि आधार मानिएको छ ।

    स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने पनि तय भइसकेकाले उक्त भेलामा व्यक्त हुने अभिव्यक्तिले धेरै कुरा प्रष्ट हुने अनुमान गरिएको छ । त्यतिमात्र होइन भेलामा देउवालाई प्रमुख अतिथि बनाउने र १४औं महाधिवेशनबाट निर्वाचित सभापतिको हैसियतमा सम्बोधन गराउने तयारी पनि गरिरहेकाले कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने निश्चित छ ।

    यता, संस्थापन पक्षका नेताहरुको अभिव्यक्ति ‘अतालिएको मनस्थिति’ सार्वजनिक भइरहनु साथै देउवाले सत्यतथ्य बुझेर पार्टीको हितमै कदम चाल्नुहुनेछ भन्ने विश्वास लिएको प्रतिक्रियालाई पनि सामान्य रुपमा मानिएको छैन् । केही न केही राजनीतिक उथलपुथल हुने अनुमान लगाइएको छ । कतिपयले पार्टीको आन्तरिक विवादमा सर्वोच्चले अनावश्यक न्यायिक सक्रियता बढाएको भन्दै आपत्ति पनि जनाइरहेका छन् ।

    तर अदालतको आदेशले पार्टीलाई मिलनविन्दुमा ल्याउने अनुमान गर्नेहरु पनि धेरै छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई मान्यता दिएको विषयमा देउवा पक्षले अदालतको बाटो रोज्नुलाई सोहीबेला निकै अर्थपूर्ण रुपमा हेरिएको थियो । अदालतको आदेशले पार्टी मिल्नका लागि समेत प्रेरणा दिएको भनेर अर्थाइएको पनि छ ।

    साउन ६ मा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दिएका थिए। साउन २० मा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष उत्साहित देखिन्छ ।

    विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई देउवा पक्षका नेताहरुले सुरुदेखि नै अवैधानिक भन्दै आएको र अदालतले पुनरावलोकनको अनुमति दिएपछि विवादको न्यायिक परीक्षण पुनः सुरु भएको नेताहरुको भनाइ छ । तर कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता अदालतमा बचाउने तयारीमा जुटेको छ । सार्वजनिक कार्यक्रमहरुमा सभापति गगन थापाले सर्वोच्च अदालतको पुनरावलोकन प्रक्रियालाई विश्वासका साथ सामना गर्ने बताउँदै आइरहेका छन् ।

    तथापी, देउवाको आगमनलाई उत्साह र शंका दुवै कोणबाट हेरिएपनि बालेन्द्र शाह सरकारको शासकीय गतिविधि पनि एउटा प्रमुख आधार मानिएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बढ्दो अन्तरद्वन्द्व, प्रधानमन्त्री गैरजिम्मेवारपूर्ण गतिविधि र जनउत्तरदायी नबनिरहेको प्रसंग साथै संघीय संसदप्रति गरिरहेको अपमानले नेपालको राजनीतिले नयाँ दिशा समात्ने अनुमान गर्न थालिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

    रोल्पा पहिरोमा ७ जनाको मृत्यु, ५ बेपत्ता भएपछि रास्वपाद्वारा सरकारको ध्यानाकर्षण

    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

    देउवालाई स्वागत गर्न उर्लिए नेता कार्यकर्ता, छत खुल्ने गाडीबाट गरे अभिवादन

    रास्वपा सांसद खगेन्द्र सुनारका शृङ्खलाबद्ध विवादित अभिव्यक्तिः घट्दैछ पदीय मर्यादा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देउवाको स्वदेश आगमनमा कांग्रेसको स्वागत, प्रेस स्वतन्त्रता र…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    होल्डिङ सेन्टरमा पासवानको मृत्यु, परिवारले माग्यो निष्पक्ष छानबिन

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    पत्रकार किशोर श्रेष्ठलाई ३ दिन हिरासतमा राख्न अदालतको…

    रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५…

    देउवाको आक्रोश– ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन्…

    मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑