सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बिहीबार नेपाल फर्किएका छन्। उनी गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी पत्नी आरजु राणासँगै उपचारका लागि सिंगापुर गएका थिए।
नेपाल फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कांग्रेस कार्यकर्ताहरू देउवालाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
देउवा शुक्रबार सुकेधारास्थित एक पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा