• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

      युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

      ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

      युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

      बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका, व्यवस्थापन सुधारमा सरकारको जोड

      जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

      निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन : महानिरीक्षक पौडेल

      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

      सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

      अब सरकारी कार्यालयमा निवेदनको ढाँचा देशभर एउटै

      विद्युत महसुल नबढाउन सरकारलाई सांसद परियारको आग्रह

      फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

      ग्यासको कालोबजारी रोक्न अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

      चक्कु प्रहारबाट बागलुङमा श्रमिकको हत्या, एक जना पक्राउ

      धनुषा जिल्ला अदालतको गेटमै महिलाले गरिन् आत्मदाह प्रयास

    होमपेज /  समाचार

    बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका, व्यवस्थापन सुधारमा सरकारको जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २७, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले देशभर सञ्चालनमा रहेका बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका रहेको बताएकी छन्।

    बुधबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बालगृह, बाल सुधारगृह, महिला सुरक्षित आवास गृह र वृद्धाश्रमहरूको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल गरिएको छ ।

    बैठकमा मन्त्री बादीले मन्त्रालयले विशेष संरक्षण आवश्यक भएका बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा जोखिममा रहेका व्यक्तिको अधिकार, सुरक्षा, मर्यादा र पुनःस्थापनालाई प्राथमिकतामा राखेको बताइन्।

    उनले भनिन्, ‘विशेषगरी बाल सुधारगृहको व्यवस्थापनका सम्बन्धमा बालबालिकासम्बन्धी ऐन २०७५ तथा नियमावली २०७८ ले स्पष्ट कानुनी व्यवस्था गरेका छन्। बाल सुधारगृहको मूल उद्देश्य कानुनको विवादमा परेका बालबालिकालाई दण्ड दिनु होइन, उनीहरूको सुधार, संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग तथा सामाजिक पुनःस्थापना सुनिश्चित गर्नु हो ।’

    मन्त्री बादीका अनुसार देशभर सञ्चालनमा रहेका १० वटा बाल सुधारगृहको कुल क्षमता १ हजार ८५ जनाको भए पनि करिब १ हजार २ सय बालबालिका आश्रित छन् । मोरङ, कास्की, रुपन्देही र मकवानपुरका सुधारगृहमा क्षमताभन्दा बढी चाप रहेको उनले बताइन् ।

    बाल सुधारगृहमा १८ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिसमेत रहेको भन्दै उनले उमेर, लैङ्गिक अवस्था, जोखिमको स्तर तथा सुधारात्मक आवश्यकताका आधारमा वर्गीकरण गरी व्यवस्थापन गर्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘सरकारले बाल सुधारगृहको संरचनागत र व्यवस्थापकीय सुधारका लागि विभिन्न प्रयास अघि बढाएको छ । भक्तपुरमा पहिलो बाल अदालत स्थापना भई सञ्चालनमा आएको छ । तनहुँको ढकालटारमा मापदण्डअनुसार बाल सुधारगृहको भवन निर्माण भइरहेको छ भने कर्णाली प्रदेशमा बाल सुधारगृह निर्माणका लागि बजेट व्यवस्थापन गरिएको छ । १८ वर्षभन्दा माथिका बालबालिकाको अलग व्यवस्थाका लागि नुवाकोटमा बाल सुधारगृह सञ्चालनमा ल्याइएको छ ।’

    बैठकमा सांसद ज्ञानु पौडेलले रुपन्देहीको बाल सुधारगृहमा क्षमताभन्दा बढी बालक राखिएको र १८ वर्षभन्दा बढी उमेरका व्यक्तिसमेत रहेको बताइन्।

    ‘रुपन्देहीको बाल सुधारगृहमा सबैभन्दा बढी समस्या देखिएको छ। १८ वर्षमुनिका बालबालिका राख्ने भनिए पनि धेरै उमेर भएकाहरू पनि त्यहाँ छन्। क्षमताभन्दा बढी बालक छन्, खेलमैदानको परिकल्पना गर्न सकिँदैन। मौलिक हकअधिकार, विशेषगरी बालकको बाँच्न पाउने अधिकारदेखि बालबालिकासम्बन्धी महासन्धिले तोकेका न्यूनतम मापदण्डसमेत लागू गर्न नसकेको अवस्था छ,’ उनले भनिन् ।

    पौडेलले सरकारले सञ्चालन गरेका बाल सुधारगृहकै अवस्था कमजोर रहेको भन्दै गैरसरकारी संस्था तथा समुदायको सहयोगबाट सञ्चालन भइरहेका अन्य बाल सुधारगृहको अवस्थाबारे पनि अनुगमन गर्नुपर्ने बताइन्।

    समितिको बैठकमा बाल सुधारगृहसहित महिला सुरक्षित आवास गृह, बालगृह तथा वृद्धाश्रमको संस्थागत अवस्था, व्यवस्थापन र अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

    ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

    युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

    जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

    निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन : महानिरीक्षक पौडेल

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प,…

    युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

    ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

    युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

    मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि…

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑