सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको सरकारलाई ‘एक्स्प्रेस गाडी’सँग तुलना गर्दै नेतृत्व अनुभवहीन भए तीव्र गतिले दुर्घटना निम्त्याउन सक्ने टिप्पणी गरेका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै आले मगरले सरकार तीव्र गतिमा अघि बढिरहेको भए पनि त्यसको चालक कस्तो छ भन्ने महत्वपूर्ण प्रश्न रहेको बताए।
उनले चालक अनुभवी र स्वस्थ भए ‘एक्स्प्रेस गाडी’ सुरक्षित रूपमा गन्तव्यमा पुग्ने तर चालकले गाँजा, भाङ वा धतुरो खाएको अवस्थामा दुर्घटना हुन सक्ने व्यंग्य गरे।
आले मगरले नयाँ कुरा सबै सही र पुराना कुरा सबै गलत भन्ने सोच गलत भएको बताए। नयाँपनका नाममा पुरानै बाटो दोहोर्याउनु उचित नभएको उनको भनाइ थियो।
वर्तमान सरकार अनुभवहीन रहेको टिप्पणी गर्दै उनले नेतृत्वले दम्भ र अहंकार त्यागेर अनुभवी पुस्ताका सुझाव तथा विगतका अनुभवबाट सिक्नुपर्ने बताए।
सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको करबाट पछि हटेको विषय उल्लेख गर्दै उनले सरकार अगाडि बढ्दै गर्दा कतिपय विषयमा पछाडि फर्किरहेको आरोपसमेत लगाए।
त्यस्तै, आले मगरले नेपालको संघीय प्रणालीको बचाउ गर्दै नेपालको जातीय तथा भौगोलिक विविधतालाई सम्बोधन गर्न संघीय व्यवस्था आवश्यक रहेको बताए।
उनले सरकारलाई गति मात्र नभई नेतृत्वको क्षमता र सही दिशामा ध्यान दिन आग्रह गर्दै ‘एक्स्प्रेस गाडी गाँजा, भाङ र धतुरो खाएर होइन, स्वस्थ चालकले चलाउनुपर्छ’ भन्ने टिप्पणी गरे।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा