सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति, ढुवानी र वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बुधबार समितिको बैठकमा ग्यासको आपूर्तिदेखि वितरणसम्मको अवस्थालाई अनलाइनमार्फत निगरानी गर्ने प्रणाली विकास गर्न लागिएको जानकारी दिइन्।
प्रस्तावित प्रणालीबाट उपभोक्ताले ग्यासको वास्तविक आपूर्ति तथा वितरण अवस्थाबारे जानकारी पाउनेछन्। यसले कालोबजारी, कृत्रिम अभाव र वितरणमा हुने अनियमितता नियन्त्रण गर्न सहयोग पुग्ने सरकारको अपेक्षा छ।
हाल ग्याससम्बन्धी विवरण सार्वजनिक गर्न गुगल फारम प्रयोग हुँदै आएको छ।
यसैबीच नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेका छन्। उनका अनुसार साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर नेपाल भित्रिसकेका छन् भने मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल आएका छन्।
उनले ग्यासको आयात पर्याप्त रहेकाले हाल देखिएको आपूर्ति समस्या छिट्टै समाधान हुने बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा