• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं, अध्यक्षमा जबरा

      अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

      ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

      जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    होमपेज /  समाचार

    मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १९, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४९ पटक पढिएको
  • काठमाडौं । दोलखाका ४२ वर्षीय मनोज घिमिरे पेसाले सवारी चालक हुन् । आफ्नो पेसा गर्दै हाँसखेलका साथ परिवार पालिरहेका उनले जीवनमा यस्तो विपत्ति आइपर्ला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन् ।

    जब आफ्नै शरीरमा अचम्मको रोग देखियो र पीडा बढ्दै गयो, तब उनले दिनप्रतिदिन बाँच्ने विश्वास नै गुमाउँदै गए । अनेकौं अस्पताल धाए, सयौं उपाय अपनाए अनि हजारौं औषधि खाए । कतिपय ठाउँमा जाँदा त ‘एउटा नसा फुटिसकेको छ, अब अर्को पनि फुट्न सक्छ’ भनेर तर्साइयो पनि ।

    त्यो थाहा पाएपछि छोराछोरी र परिवारका सबै सदस्य रुन थाले । जति उपचार गर्दा र औषधि खाँदा पनि दुखाइ घट्नुको सट्टा झन–झन् बढ्दै गयो । रोगले जति च्याप्दै जान्थ्यो, त्यति नै बाँच्ने आशा पनि हराउँदै जान्थ्यो ।

    रोगले च्याप्दै गएपछि गाडी चलाउन पनि समस्या भयो । एक वर्ष त उनले काम गर्नै सकेनन् । त्यसपछि उनी जिरीभन्दा ४० किलोमिटर टाढाको विकट ठाउँबाट अनेकौं उपाय लगाएर एम्बुलेन्समा काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट पुगे । त्यहाँ उनको भेट न्यूरोइन्टरभेन्सन विशेषज्ञ डाक्टर अरुण पौडेलसँग भयो र उनकै टोलीले उपचार सुरु गर्यो ।

    त्यहाँ उनको पहिलो अनुभव नै निकै अनौठो भयो । अन्य अस्पतालमा अनेकौं हन्डर र भावनात्मक ठक्कर खाइसकेका घिमिरेलाई केएमसीका डाक्टरको बोल्ने शैली र नर्सहरूको व्यवहार देख्नेबित्तिकै अब भने बाँच्ने आत्मविश्वास बढ्न थाल्यो ।

    ‘उहाँले ‘तपाईं सही ठाउँमा आइपुग्नुभएको छ, केही हुँदैन, ढुक्क हुनुस्’ भन्नुभएको थियो । उहाँले जस्तो भन्नुभयो, त्यस्तै भयो,’ घिमिरे सम्झन्छन् ।

    डाक्टर पौडेलका अनुसार अस्पताल आइपुग्दा घिमिरेको मस्तिष्कमा नसा फुटेर रगतको माकुराको जालोजस्तो भएको थियो । यसअघि पनि एक पटक नसा फुटिसकेको रहेछ । मस्तिष्कमा रगत जम्ने र छारे मिर्गी रोग गराउने ब्रेन एभीएम भएका कारण उनी बेलाबेलामा काम्ने र बेहोस हुने गर्थे । त्यसपछि डाक्टरले नयाँ प्रविधिमार्फत खुट्टाबाट तार र पाइप छिराएर जालो भएको स्थानसम्म पु¥याए अनि ओनिक्स एम्बोलाइजेसन गरेर उक्त जालोलाई पूर्ण रूपमा टालिदिए ।

    उपचार सफल भएपछि डाक्टर पौडेलले बिरामीले बुझ्ने भाषामा भने, ‘अब त्यो जालो फुट्दैन ।’ त्यसमा घिमिरेले फेरि सोधे, ‘अब त फुट्दैन नि ?’ घिमिरेलाई पूर्ण रूपमा आश्वस्त पार्दै डाक्टर पौडेलले ठट्यौली शैलीमा मुस्कुराउँदै भने, ‘अब जालो नै छैन, के फुट्नु !’

    ‘डाक्टरको उपचार गर्ने र बिरामीसँग व्यवहार गर्ने शैली एकदमै राम्रो रहेछ । नर्सहरूको व्यवहार त वर्णन गरेर साध्य नै छैन,’ निको भएर घर फर्कने तयारी गर्दै गरेका घिमिरेले दुई हात जोड्दै डाक्टर तथा नर्सहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै भने, ‘अहिले अस्पतालहरूमा नर्सको यस्तो व्यवहार र स्याहार पाउनु भनेको त भाग्यमै लेखेर ल्याएको हुनुपर्छ ।’ निको भएपछि उनले थपे, ‘अब म बाँच्छु पनि र गाडी चलाएर परिवार पनि पाल्न सक्छु ।’

    नेपाली कांग्रेसका नेता तथा समाजसेवी डा.सुनील शर्माद्वारा सञ्चालित केएमसी दुवाकोटमा यस्तो रोगको सफलतापूर्वक उपचार सम्पन्न भएको यो पहिलो केस हो ।

    शर्मा प्रतिनिधिसभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन् । उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन् ।

    गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर निःशुल्क स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणलगायतका कार्य उनका पहिचान बनेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

    नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

    International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    धवल–प्रसाईंद्वारा ‘जय नेपाल पार्टी’ घोषणा, सर्वोच्च नेता प्रसाईं,…

    अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी…

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑