• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    होमपेज /  समाचार

    ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १७, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • काठमाडौं । सर्वोच्च अदालतले सरकारी कागजात, अभिलेख, नीति तथा नीतिगत दस्ताबेजमा विश्वकर्मा समुदायलाई उनीहरूको इच्छाविपरीत ‘कामी’ भनेर उल्लेख गर्न नपाइने फैसला गरेको छ। अदालतले स्वपहिचान र आत्मसम्मानको संवैधानिक अधिकारलाई सुनिश्चित गर्दै सरकारी अभिलेखमा ‘विश्वकर्मा’ लेख्न पाउने व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरेको हो।

    न्यायाधीश हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले २०८२ फागुन २५ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै राज्यका निकायहरूले सरकारी कागजातमा विश्वकर्मा समुदायलाई अनिवार्य रूपमा ‘कामी’ भनेर उल्लेख गर्न नपाउने स्पष्ट भएको छ।

    यो मुद्दा विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले २०७७ सालमा दायर गरेको रिट निवेदनसँग सम्बन्धित हो। रिटमा सरकारी नीति, कानुन, तथ्यांक र अभिलेखमा ‘कामी’ शब्द प्रयोग गर्दा समुदायको पहिचान, आत्मसम्मान र मर्यादामा आघात पुग्ने भएकाले सरकारी कागजातमा ‘विश्वकर्मा’ लेख्न पाउने व्यवस्था गर्न माग गरिएको थियो।

    सर्वोच्च अदालतले संविधानले प्रत्येक नागरिकलाई आफ्नो पहिचान आफैं निर्धारण गर्ने अधिकार दिएको उल्लेख गर्दै राज्यले कुनै पनि व्यक्तिमाथि उसको इच्छाविपरीत जातीय पहिचान थोपर्न नसक्ने व्याख्या गरेको छ। अदालतले स्वपहिचानको अधिकार संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार भएको र त्यसको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ।

    फैसलामा संविधानको धारा १३३ को व्याख्या गर्दै कुनै समुदायको अधिकारसँग सम्बन्धित विषयमा त्यस समुदायको हितका लागि काम गर्ने संस्था वा संगठनले पनि अदालतमा कानुनी उपचार माग गर्न सक्ने अधिकार रहेको उल्लेख गरिएको छ।

    मुद्दाको सुनुवाइका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कामी’ र ‘विश्वकर्मा’ पर्यायवाची शब्द भएकाले रिट आवश्यक नरहेको जिकिर गरेको थियो। त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनी प्रक्रियाबाट थर सच्याउन सकिने व्यवस्था भएकाले रिट खारेज हुनुपर्ने दाबी गरेको थियो। सरकारले दलित समुदायको थर तथा पहिचानसम्बन्धी नीतिगत निर्णय गर्ने अधिकार राष्ट्रिय दलित आयोगसँग रहेको तर्क पनि प्रस्तुत गरेको थियो।

    तर सर्वोच्च अदालतले सरकारका यी तर्कलाई अस्वीकार गर्दै सरकारी अभिलेख, नीति, नियम, कानुन तथा प्रकाशित तथ्यांकमा विश्वकर्मा समुदायलाई अनिवार्य रूपमा ‘कामी’ भनेर उल्लेख गर्नु स्वपहिचानको अधिकारविपरीत हुने ठहर गरेको छ।

    अदालतले पूर्णपाठमा सम्बन्धित सरकारी निकायहरूले विश्वकर्मा समुदायका सदस्यलाई उनीहरूले रोजेको पहिचानबाट प्रतिनिधित्व हुने अवसर सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै सरकारी कागजात तथा अभिलेखमा उनीहरूको इच्छाअनुसार ‘विश्वकर्मा’ लेख्ने व्यवस्था गर्न स्पष्ट निर्देशन दिएको छ।

    सर्वोच्चको यो फैसला जातीय पहिचान, स्वाभिमान र आत्मसम्मानसँग जोडिएको संवैधानिक अधिकारको संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको छ। कानुनविद्हरूले यसले भविष्यमा सरकारी अभिलेख तथा प्रशासनिक अभ्यासमा नागरिकको स्वपहिचानलाई प्राथमिकता दिने आधार स्थापित गरेको बताएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

    वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

    ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

    नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

    Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला,…

    अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

    मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑