• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

      नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल

      घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

      लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

      सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको निर्देशन

      गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

      कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

      निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

      माग पूरा नभए भदौदेखि देशव्यापी आन्दोलनको आँधी ल्याउने शिक्षकहरुको चेतावनी

      कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

      जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे

      परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

      सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    होमपेज /  समाचार

    सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १७, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ७४ पटक पढिएको
  • काठमाडौं । काठमाडौं उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङ (सिक्री लुटपाट) का घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको जनाएको हो ।

    प्रहरीका अनुसार उक्त समूहले विशेषगरी महिला तथा वृद्धाहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ । प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने तथा घाइते बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    विगतका गुण्डागर्दी, चोरी तथा लुटपाटसम्बन्धी घटनाहरूको प्रोफाइलिङ र विश्लेषणका आधारमा प्रहरीले समूहका सदस्यहरूको पहिचान गरी खोजी थालेको थियो ।

    यसक्रममा कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा चार जनालाई गत साउन १५ गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    अनुसन्धानका क्रममा समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङको पहिचान भएपछि प्रहरीले उनको खोजी थालेको थियो ।

    प्रहरीका अनुसार साउन १६ गते राति १०ः२५ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित गाम्चाको पानी ट्याङ्की नजिकबाट कर्मा तामाङलाई नियन्त्रणमा लिइएको हो ।

    प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमणको प्रयास गरेको जनाएको छ । प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि आक्रमणको प्रयास जारी राख्दै मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    घाइते तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान खुकुरी, मोटरसाइकलका विभिन्न पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक र मास्टर की लगायतका सामग्री बरामद गरेको जनाएको छ ।

    प्रहरीका अनुसार कर्मा समूहले विशेषगरी २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी प्रयोग गर्ने गरेको खुलेको छ । चोरी गरिएका मोटरसाइकलको तत्काल नम्बर प्लेट परिवर्तन गरी सिक्री तथा गरगहना लुटपाटमा प्रयोग गर्ने र घटनापछि पुनः स्वरूप परिवर्तन गरी उपत्यका बाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    देशभर दैनिक ८ जनाको दुर्घटनामा मृत्यु, ट्राफिक प्रहरीको लक्ष्य ‘शून्य दुर्घटना’

    गोलबजार घटनाको सत्यतथ्य छानबिन सुरु, गृह मन्त्रालयको उच्चस्तरीय टोली घटनास्थलमा

    कोशीका प्रदेशसभा सदस्यहरूलाई ओलीको फोन : एउटै व्यक्तिलाई कति पद दिइरहने ?

    निर्मल पुर्जाको निधनले मर्माहत बने पाकिस्तानका पूर्वक्रिकेटर शाहिद अफ्रिदी

    कफ्र्यु हटेसँगै गोलबजारको जनजीवन सामान्य बन्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    घृणाको राजनीतिले वामपन्थी मतदाता टाढिए : शंकर पोखरेल

    लुम्बिनी बचाउन लुम्बिनी बचाउ महाअभियानको माग

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    आर्थिक

    सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ भव्य रूपमा सम्पन्न, ७८० उत्कृष्ट लिडर र शाखा सम्मानित

    सुनचाँदीको मूल्य बढ्यो

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑