• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

      धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी होइनन् : प्रहरी

      पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी, नेपालबाट टोली जाने तयारी

      धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

      धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

      हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा

      धनुषाका विद्यालयहरू ३ दिन बन्द

      प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल

      धनुषाका विद्यालयहरू ३ दिन बन्द

      सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

      देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२७९ जनालाई कारबाही

      सरकारी वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबिच वार्ता हुने

      सर्लाहीमा शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रशासनको अपिल

    होमपेज /  अन्य

    हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १५, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • काठमाडौं । साउन महिना नेपाली समाजमा हरियाली, व्रत–पूजा र हरियो तरकारीसँग जोडिने महिना मानिन्छ । तर यही महिनामा भने काठमाडौंको लगनखेल तरकारी बजारका व्यापारीहरू व्यापारमा मन्दी आउँदा चिन्तित छन् ।

    तरकारीको मूल्य बढेको, उपभोक्ताको खरिद क्षमता घटेको र धेरैले आफ्नै कौसी तथा करेसाबारीमा उत्पादन भएको तरकारी प्रयोग गर्न थालेपछि बजारमा ग्राहकको चहलपहल भएपनि किनमेल भने न्यून भएको व्यापारीहरू बताउँछन् ।

    लगनखेलमा बिहानैदेखि विभिन्न जिल्लाबाट ल्याइएका ताजा तरकारी सजाइए पनि धेरैजसो साँझसम्म बिक्री नहुँदा व्यापारीहरू घाटा बेहोर्न बाध्य छन्।

    ताजा तरकारी अर्को दिनसम्म राख्न नमिल्ने भएकाले अन्तिम समयमा सस्तो मूल्यमा बेच्नुपर्ने वा बिग्रिने जोखिम उठाउनुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ ।

    रामेछापकी अन्जु मगर लामो समयदेखि लगनखेलमा तरकारी व्यापार गर्दै आएकी छन्। उनका अनुसार साउन महिनाभर व्यापार अत्यन्तै सुस्त हुने गरेको छ ।

    उनले भनिन्, ‘अहिले साउन महिनाभर व्यापार नै छैन । साँझसम्म सामान उठाउनै गाह्रो हुन्छ । आज सात सय रुपैयाँमा आएको सामान भोलि आठ सय पनि हुन सक्छ, कहिले घट्ने कहिले बढ्ने ठेगान हुँदैन । त्यही भएर घाटा धेरै छ ।’

    उनका अनुसार बिहान चार बजेदेखि उठेर तरकारी ल्याउने, सफा गर्ने र आठ बजेसम्म बिक्री गर्ने दिनचर्या भएपनि सबै सामान बिक्री हुँदैन । नगरपालिकाले सडक खाली गराउन आएपछि बाँकी तरकारी उठाएर लैजानुपर्ने बाध्यता छ ।

    ‘सामान राखेर हुँदैन, बेच्नैपर्छ । आज बाँकी रह्यो भने भोलि बिग्रिन्छ । अहिले धेरैको आफ्नै कौसी र करेसाबारीमा तरकारी फल्ने भएकाले बजारबाट कम किन्छन्,’ उनले भनिन ्।

    अन्जुले गोलभेँडा, भेन्डी, परवल, घिरौँला, अदुवा, लसुनलगायतका तरकारी बिक्री गर्दै आएकी छन्। उनका अनुसार लगनखेलमा गोटीखेल, गोदावरी, हर्षे, कालीमाटीलगायत विभिन्न क्षेत्रबाट तरकारी आउने गरेको छ ।

    यस्तै, भारत घर भएका अर्का व्यापारी दशैकुमार पनि अहिलेको व्यापारबाट सन्तुष्ट छैनन् । उनका अनुसार बजारमा व्यापारीको संख्या बढे पनि ग्राहक घटेका छन् ।

    उनले भने, ‘पहिलाजस्तो व्यापार हुँदैन । बिहान र बेलुकाको समयमा मात्रै केही बिक्री हुन्छ । बाँकी सामान कटाउन सस्तोमै बेच्नुपर्छ ।’

    दशैकुमारका अनुसार तरकारीको थोक मूल्य दिनहुँ परिवर्तन भइरहन्छ । ‘बजारमा आज १२० रुपैयाँ पर्ने तरकारी भोलि १३० पुग्न सक्छ । कहिले १०–१५ रुपैयाँ घट्छ, कहिले बढ्छ । तर ग्राहकले भने हिजोको मूल्य खोज्छन् । हामीले प्रतिकिलो १०–१५ रुपैयाँ नाफा राखेर बेच्नुपर्ने हुन्छ,’ उनले भने ।

    उनका अनुसार प्रत्येक दिन तरकारी ल्याउन मात्रै गाडीभाडामा करिब ३०० रुपैयाँ खर्च हुन्छ । बिहान तीन बजे उठेर तरकारी ल्याउने, दिनभरि गाडा गुडाएर बिक्री गर्ने र राति नौ बजेसम्म सडकमा बस्दा पनि कहिलेकाहीँ लगानीसमेत उठ्न मुस्किल हुने गरेको छ ।

    ‘दशवटा सामान ल्यायो भने सात आठ हजार रुपैयाँ लगानी लाग्छ । सबै सामान एकै दिन बिक्री हुँदैन । दुई दिनसम्म राख्नुपर्छ । बिग्रिए पनि फाल्न सकिँदैन, सस्तोमै बेच्नुपर्छ। दिनभरि दुःख गरेर ल्याएको सामान फाल्न मन लाग्दैन,’ उनले सुनाए ।

    कुमारका अनुसार अहिले पसलमा गोलभेँडालगायत तरकारी प्रतिकिलो १३०–१४० रुपैयाँसम्म बिक्री भइरहेको छ भने ठेलागाडामा १००–११० रुपैयाँमै बिक्री गर्नुपरेको छ ।

    व्यापारीहरूका अनुसार मूल्यवृद्धि, बढ्दो प्रतिस्पर्धा, आफ्नै घरमा उत्पादन हुने मौसमी तरकारी र उपभोक्ताको घट्दो खरिदका कारण साउन महिना उनीहरूका लागि सबैभन्दा चुनौतीपूर्ण समय बनेको छ ।

    हरियालीको प्रतीक मानिने यही महिनामा हरियो तरकारी प्रशस्त देखिए पनि बजार भने सुनसान छ, जसको प्रत्यक्ष असर साना तरकारी व्यवसायीको दैनिक जीविकोपार्जनमा परेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल

    सिरहा झडपमा गोली लागेर घाइते भएका किशोरको मृत्यु

    गोली लागेर सुभाष ठाकुर गम्भीर घाइते

    सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सन्देश, सबैलाई संयमता अपनाउन आग्रह

    अहिलेको सरकारले पनि शिक्षकका मागलाई सम्बोधन गर्न सकेको छैन : विरेन्द्र मल्ल

    जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?

    धनुषाको मन्दिर परिसरमा मृत फेला परेका व्यक्ति पुजारी…

    पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी, नेपालबाट…

    धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला

    देवानगञ्ज घटनापछि सरकार–पीडित परिवारबीच ६ बुँदे सम्झौता

    प्रधानमन्त्री र राष्ट्रपतिबिच भेट, मुलुकको समसामयिक विषयवस्तुमा छलफल

    गृहमन्त्री गुरुङ र मन्त्री मेहता सुनसरी जाँदै

    राष्ट्रपति पौडेलद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम…

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम पनि खुम्चिदै

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑