सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेश प्रदेशका विभिन्न स्थानमा उत्पन्न भएको विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा जातीय सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
बिहीबार जारी गरेको विशेष सन्देशमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक तथा जातीय सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको उदाहरणका रूपमा परिचित रहेको उल्लेख गर्दै यही मौलिक पहिचानलाई जोगाउनु सबै नेपालीको साझा दायित्व भएको बताएका छन्।
उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्दै राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले पछिल्ला घटनाक्रमका कारण उत्पन्न भएको विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन सरकार आवश्यक सबै प्रयासमा जुट्ने विश्वास व्यक्त गरेका छन्। नागरिकले शान्तिपूर्ण र सुरक्षित वातावरणमा जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।
उनले वर्तमान संवेदनशील अवस्थामा कुनै पनि प्रकारका उत्तेजना, विभाजनकारी गतिविधि वा अफवाहबाट टाढा रहँदै समुदायबीच आपसी विश्वास, मित्रता, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई हार्दिक अपिल गरेका छन्।
राष्ट्रपतिले घटनाको सत्यतथ्य निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
साथै, घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले सबै पक्षलाई संयमता अपनाई राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन आह्वान गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा