सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम । सिरहामा बढ्दो तनावपछि नेपाली सेना परिचालन गरिएको छ। कर्फ्यू आदेश जारी हुँदाहुँदै प्रदर्शन जारी रहेपछि र प्रदर्शनकारी तथा सुरक्षा निकायबीच झडप चर्किएपछि सेना ब्यारेकबाट परिचालन गरिएको हो। हाल लहान र गोलबजार क्षेत्रमा सेना तैनाथ गरिएको छ।
दिनभर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटक–पटक झडप हुँदा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप हवाई फायरसमेत गरेको थियो। तनाव थप चर्किएपछि गोलबजार क्षेत्रमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ।
प्रत्यक्षदर्शीका अनुसार गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका छन्। घाइतेको घाँटीमा गोली लागेको बताइएको छ। मृतक र घाइते दुवैको औपचारिक परिचय सार्वजनिक भएको छैन।
स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी गरेको छ। प्रशासनका अनुसार बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यू लागू गरिएको हो।
यसअघि गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि चोहर्वा चोकसम्म तथा सैनिक चोकदेखि गोलबजार–४ सम्मको क्षेत्रमा कर्फ्यू लागू गरिएको थियो। त्यसपछि लहान नगरपालिकाको पूर्वमा बलान खोला, पश्चिममा सरस्वती खोला (बाटिका होटल पश्चिम), तथा पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा पनि कर्फ्यू विस्तार गरिएको प्रशासनले जनाएको छ।
सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक तथा साम्प्रदायिक तनाव फैलिन सक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता उच्च बनाएको छ। सुरक्षा निकायले नागरिकलाई अफवाहमा नलाग्न र कर्फ्यू आदेशको पालना गर्न आग्रह गरेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा