सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कर्णालीका मुख्यमन्त्री शाहीले लिए सपथ
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
नेकपा एमाले समर्थनमा संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । बुधबार मुख्यमन्त्रीको सपथ भए पनि सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा अन्य मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।
दुबै दलले अडान कायमै रहेपछि मन्त्रालयको भागबण्डामा सहमति नजुटेको हो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा