सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङमाथि पाँचौँपटक म्याद थप गरिएको छ।
भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुरोधमा विशेष अदालतले आइतबार गुरुङ र उनका साथी लीलाबहादुर लामा तामाङलाई थप १० दिन न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो।
गुरुङ र तामाङलाई ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा सशस्त्र प्रहरी बलकै पत्रका आधारमा गत असार २० गते पक्राउ गरिएको थियो। घटनापछि सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन गरी आन्तरिक अनुसन्धानसमेत गरेको थियो।
प्रारम्भिक अनुसन्धानबाट तत्कालीन लेखा अधिकृत गुरुङले विद्यालयको रकम पटक–पटक आफ्ना साथी लामाको बैंक खातामा स्थानान्तरण गरी हिनामिना गरेको देखिएको छ। अनुसन्धानका क्रममा उनले करिब चार वर्षको अवधिमा विद्यालयको रकम सशस्त्र प्रहरी कल्याण कोषमा जम्मा नगरी विभिन्न मितिमा साथीको खातामा पठाएको खुलेको प्रहरीले जनाएको छ।
गुरुङ करिब साढे ६ वर्षदेखि एपीएफ स्कुलको लेखा अधिकृतको जिम्मेवारीमा कार्यरत रहेकी थिइन्। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा