• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

      स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

      मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

      विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

      बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

      डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, प्रचारमा बालेन सरकारको भूमिकाको तारिफ

      प्रहरी निरीक्षक किरण राउत ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

      भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

      सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

      काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी, २६९ फरार पक्राउ, १८५ हतियार बरामद

      देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

      नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ : सोविता गौतम

      रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    होमपेज /  समाचार

    सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ८, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपाल सरकारलाई सर्वोच्च अदालतमा हुने नियुक्ति तथा अदालतको संरचनामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

    उनीहरूले यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर चिन्ताको विषय बताएका छन्।

    शुक्रबार जारी संयुक्त विज्ञप्तिमा एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) र इन्टरनेसनल कमिसन अफ ज्युरिस्ट्स (आईसीजे) ले नेपाल सरकारले हालै गरेका कदमहरूले देशको न्यायपालिकाको स्वतन्त्रतालाई कमजोर पार्ने खतरा उत्पन्न गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी, सर्वोच्च अदालतका वर्तमान न्यायाधीशहरूलाई राजीनामा दिन वा महाभियोगको दबाबमार्फत अदालतको संरचना परिवर्तन गर्ने प्रयास भएको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको छ। साथै, मे २०२६ मा सरकारले संवैधानिक परिषद् ऐनलाई संसदबाट कानुन पारित नगरी कार्यकारी अध्यादेशमार्फत संशोधन गरेको थियो, जुन नेपालको संविधान र विधिको शासनको सिद्धान्तअनुसार उपयुक्त प्रक्रिया होइन।’

    अन्तर्राष्ट्रिय संस्थाहरूले संवैधानिक परिषद् ऐनमा गरिएको संशोधनप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उक्त संशोधनले प्रधानन्यायाधीशसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्को गणपूरक संख्या (क्वोरम) र निर्णय प्रक्रियामा आवश्यक मतको व्यवस्थामा परिवर्तन गरेको छ।

    आईसीजेका वरिष्ठ कानुनी तथा नीतिगत निर्देशक इयान साइडरम्यानले भने, ‘न्यायपालिकाको स्वतन्त्रता विधिको शासनको आधारस्तम्भ हो र मानवअधिकार संरक्षणको अत्यावश्यक सुरक्षा संयन्त्र पनि हो। नेपालको न्याय प्रणालीमा गरिने कुनै पनि सुधारले अदालतहरूको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयतालाई सुदृढ बनाउनु पर्छ, कमजोर बनाउनु हुँदैन।’

    हालै मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरिएपछि उक्त विषय पेचिलो बनेको हो ।

    उनको नियुक्ति सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ कार्यरत न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने नेपालको लामो अभ्यासभन्दा फरक ढंगले गरिएको हो, जबकि उनीभन्दा वरिष्ठ तीन जना न्यायाधीश अझै पदमा कार्यरत छन्।

    यद्यपि संसदीय सुनुवाइ समितिले उनको नियुक्तिलाई अनुमोदन गरिसकेको छ । नियुक्तिविरुद्ध उजुरीहरू दर्ता भएका थिए र ती उजुरीबारे कुनै अर्थपूर्ण सार्वजनिक छलफल वा परीक्षण गरिएको थिएन।

    संस्थाहरूले आफूहरूलाई प्राप्त विश्वसनीय जानकारीअनुसार सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाब दिइएको र नमानेमा महाभियोग लगाइने धम्कीसमेत दिइएको बताएका छन्।

    उनीहरूले नेपालका संविधानअनुसार महाभियोग लगाउन आवश्यक हुने संवैधानिक आधार पूरा हुने कुनै सार्वजनिक आरोप आफूहरूलाई जानकारीमा नभएको पनि उल्लेख गरेका छन्।

    नेपालको संविधानअनुसार कुनै न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि संसदले अन्तिम निर्णय नदिएसम्म सम्बन्धित न्यायाधीश निलम्बनमा रहने व्यवस्था छ।

    यदि सर्वोच्च अदालतका तीन वरिष्ठ न्यायाधीश निलम्बित भएमा, सरकारका निर्णय तथा कार्यपालिकाका कदमविरुद्ध दायर भएका महत्वपूर्ण संवैधानिक मुद्दाहरूको सुनुवाइ भइरहेका बेला सर्वोच्च अदालतको संरचना र कार्यसम्पादनमा गम्भीर असर पर्न सक्ने संस्थाहरूले बताएका छन्।

    स्पष्ट संवैधानिक आधारबिना न्यायाधीशविरुद्ध महाभियोगको प्रयोग वा त्यसको धम्की दिइनु अदालतको संरचना र विचाराधीन मुद्दाको परिणामलाई प्रभावित पार्ने उद्देश्यले संवैधानिक प्रक्रियाको दुरुपयोग गरिएको देखिन सक्ने उनीहरूको भनाइ छ।

    नेपालमा यसअघि पनि न्यायिक स्वतन्त्रता र विधिको शासन कमजोर पार्ने परिस्थितिमा न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयास भएका थिए।

    ह्युमन राइट्स वाचकी उप–एसिया निर्देशक मीनाक्षी गांगुलीले भनिन्, ‘न्यायपालिकाप्रतिको जनविश्वास न्यायाधीशहरूको क्षमता र इमान्दारितामा मात्र होइन, न्यायिक नियुक्तिको पारदर्शिता, निष्पक्षता र स्वतन्त्रतामा पनि निर्भर हुन्छ। राजनीतिक प्रभावमा आधारित देखिने नियुक्ति वा पदबाट हटाउने प्रक्रियाले न्याय प्रशासनप्रतिको विश्वास कमजोर बनाउँछ र विधिको शासनलाई क्षति पु¥याउँछ।’

    अन्तर्राष्ट्रिय मापदण्डअनुसार न्यायाधीशहरू अनुचित प्रभाव, दबाब, धम्की वा हस्तक्षेपबाट मुक्त हुनुपर्छ। उनीहरूको पदबाट हटाउने प्रक्रिया वस्तुगत आधारमा हुनुपर्छ र राजनीतिक प्रभावबाट सुरक्षित हुनुपर्छ।

    संस्थाहरूले नेपालमा न्याय प्रशासन सुधार गर्न न्यायिक सुधार आवश्यक हुन सक्ने स्वीकार गर्दै, त्यस्तो सुधारले न्यायपालिकाको स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र विधिको शासनलाई अझ बलियो बनाउनु पर्ने बताएका छन्।

    गत वर्ष सेप्टेम्बरमा संसद विघटन भएपछि भएको प्रारम्भिक निर्वाचनपश्चात् मार्चको अन्त्यतिर गठन भएको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारलाई पनि ती अन्तर्राष्ट्रिय संस्थाहरूले केही सुझाव दिएका छन्।

    उनीहरूले सरकारसँग न्यायपालिकाको स्वतन्त्रता र अखण्डताको सम्मान तथा संरक्षण गर्न, न्यायाधीशहरूलाई राजीनामा दिन दबाब नदिन, स्पष्ट संवैधानिक आधार र विधिसम्मत प्रक्रिया बिना महाभियोग प्रक्रिया अघि नबढाउन आग्रह गरेका छन्।

    त्यसैगरी, प्रधानन्यायाधीशलगायत न्यायिक पदहरूमा नियुक्ति पारदर्शी, वस्तुगत र योग्यता आधारित प्रक्रियामार्फत गर्नुपर्ने, जसले न्यायपालिकाको स्वतन्त्रताको प्रभावकारी संरक्षण गर्न सकोस्, भन्ने माग गरेका छन्।

    संस्थाहरूले संवैधानिक परिषद् ऐनमा गरिएको संशोधनलाई खुला संसदीय प्रक्रियामार्फत पुनरावलोकन गर्न तथा न्यायिक नियुक्तिसम्बन्धी कानुनी संरचनाले न्यायपालिकालाई राजनीतिक नियन्त्रण वा अनुचित प्रभावबाट पर्याप्त रूपमा सुरक्षित गर्ने सुनिश्चित गर्न पनि आग्रह गरेका छन्।

    उनीहरूले भविष्यमा न्यायपालिकासम्बन्धी हुने सबै सुधारहरू नेपालको संविधान, विधिको शासन तथा अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डअनुरूप न्यायपालिकाको स्वतन्त्रता, पारदर्शिता, जवाफदेहिता र न्याय प्रशासनप्रतिको जनविश्वास सुदृढ बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताएको समाचार एएनआइले सम्प्रेषण गरेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

    बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

    डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, प्रचारमा बालेन सरकारको भूमिकाको तारिफ

    प्रहरी निरीक्षक किरण राउत ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी…

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी,…

    नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ :…

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑