सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले प्रहरी निरीक्षक किरण राउतलाई २०८३ साल असार महिनाको **‘ट्राफिक प्रहरी अफ द मन्थ (Traffic Police of the Month)’** घोषणा गर्दै सम्मान गरेको छ।
कार्यालयले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उनले खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ।
प्रहरी निरीक्षक राउतले **कन्टेन्ट क्रियसन (Content Creation), सामाजिक सञ्जाल व्यवस्थापन (Social Media Handling), सञ्चालन व्यवस्थापन (Operational Management), कार्ययोजना निर्माण तथा कार्यान्वयन, गुनासो व्यवस्थापन, ट्राफिक सचेतना अभिवृद्धि तथा सेवा प्रवाहलाई सरल, पारदर्शी र शिष्ट बनाउन** उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गरिएको छ।
कार्यालयका अनुसार उनले सडकमा देखिने विभिन्न ट्राफिक समस्या र चुनौतीहरूको समयमै पहिचान गर्दै समन्वयात्मक ढंगबाट समाधान खोज्न सक्रिय भूमिका निर्वाह गरेका थिए। साथै आफूलाई तोकिएको जिम्मेवारी अनुशासित, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरेको आधारमा उनलाई महिनाको उत्कृष्ट ट्राफिक प्रहरी छनोट गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सम्मानपत्रमा प्रहरी निरीक्षक किरण राउतले ट्राफिक व्यवस्थापन प्रणालीलाई थप आधुनिक, जनमैत्री र परिणाममुखी बनाउन पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ।
उक्त सम्मानपत्र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख **प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश गुम्बा काफ्ले**ले प्रदान गरेका हुन्।
काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, नागरिकसँगको समन्वय बढाउने तथा डिजिटल माध्यममार्फत ट्राफिक सचेतना फैलाउने अभियानमा उत्कृष्ट योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रत्येक महिना **‘ट्राफिक प्रहरी अफ द मन्थ’** घोषणा गर्दै सम्मान गर्ने परम्पराअनुसार प्रहरी निरीक्षक किरण राउत यस महिनाका उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका हुन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा