• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी पनि सच्याउनुपर्छ’

      अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील हुनुपर्ने 

      मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी जग्गा तीन दिनभित्र खाली गर्न निर्देशन

      सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

      चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त 

      प्रधानमन्त्री शाह र एडीबीका अध्यक्षबीच शिष्टाचार भेटवार्ता

      सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

      सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

      एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण

      आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

      न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

      इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      चार वटा संसदीय समितिको बैठक बस्दै

      राष्ट्रिय टोलिमा आफ्नो भविष्यबारे हतारमा निर्णय गर्दिन : रोनाल्डो

    होमपेज /  अन्य

    सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल चलान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २३, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७ पटक पढिएको
  • काठमाडौं ।सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनको परिवारलाई लक्षित गरी अपमानजनक, अमर्यादित तथा अश्लील प्रकृतिका सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

    पाँचथर जिल्ला अदालतले प्रारम्भिक प्रमाण तथा अनुसन्धानबाट संकलित आधारहरूलाई विचार गर्दै पोखरेललाई मुद्दाको अन्तिम किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। अदालतको आदेशसँगै उनलाई कारागार चलान गरिएको प्रहरीले पुष्टि गरेको छ।

    प्रहरीका अनुसार पोखरेलले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत विभिन्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाह र उनको परिवारलाई लक्षित गर्दै गालीगलौज, मानमर्दन हुने अभिव्यक्ति तथा अश्लील प्रकृतिका सामग्री सार्वजनिक गरेका थिए। ती सामग्री व्यापक रूपमा सामाजिक सञ्जालमा फैलिएको र सार्वजनिक पदमा रहेका व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने प्रकृतिको रहेको भन्दै उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो।

    सोही आरोपमा प्रहरीले उनलाई गत चैत २६ गते पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा पोस्ट गरिएका सामग्री, डिजिटल प्रमाण तथा अन्य आवश्यक तथ्यहरू संकलन गरिएको प्रहरीले जनाएको छ।

    अनुसन्धान सम्पन्न भएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत केही दिनअघि पाँचथर जिल्ला अदालतमा उनीविरुद्ध अभियोगपत्र दर्ता गरिएको थियो। त्यसपछि भएको थुनछेक बहसमा दुवै पक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए।

    अदालतले अभियोगपत्र, अनुसन्धानबाट प्राप्त प्रमाण तथा अभियुक्त फरार हुन सक्ने वा प्रमाणमा असर पार्न सक्ने सम्भावनासमेतलाई आधार मान्दै मुद्दाको अन्तिम फैसला नआउञ्जेलसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

    अब पोखरेलविरुद्ध दायर गरिएको साइबर अपराधसम्बन्धी मुद्दाको नियमित सुनुवाइ अदालतमा हुनेछ। अदालतबाट अन्तिम फैसला नभएसम्म उनीमाथि लागेको आरोप कानुनी रूपमा पुष्टि भएको मानिँदैन।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक प्रतिनिधि सभामा पेश

    कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन, राष्ट्रिय भेलाको तयारी सुरु

    आजको मौसमा : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

    युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

    सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

    पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राइडरले ट्राफिकलाई मात्र दोष दिएर हुँदैन, आफ्ना कमजोरी…

    अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गर्न मिडिया संवेदनशील…

    मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी…

    सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेनलाई गाली गर्ने युट्युबर जेल…

    मन्त्री प्रतिभा रावल एक्सनमा: ट्रेड युनियनले ओगटेको सरकारी…

    बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला…

    अब रगत होइन, पसिना बगाउने समय आएको छ…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    आर्थिक

    सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घट्यो

    आर्थिक वृद्धिको लक्ष्यलाई भेटनेगरी लचिलो मौद्रिक नीति आउँदै

    न्यादी फिदी जलविद्युत आयोजनाको १ लाख कित्ता सेयर किन्दै तेह्रथुम पावर कम्पनी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑