सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सार्वेच्च अदालतले विष्णु पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ।
उपाध्यक्ष पौडेलका तर्फबाट उनकी श्रीमती दोमाया पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।
सुनुवाइका क्रममा इजलासले दीपक भट्टसँग सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको छ। यससँगै पौडेललाई तत्काल रिहा गर्ने माग अस्वीकार भएको छ भने रिटमाथि थप सुनुवाइ आउँदो बिहीबार हुने भएको छ।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा असार ८ गते पक्राउ गरिएको थियो। त्यसपछि उनकी श्रीमती दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै पक्राउ गैरकानुनी भएको दाबी गर्दै रिहाइको माग गरेकी थिइन्।
यसअघि सोमबार उच्च अदालतले अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यसको भोलिपल्ट सर्वोच्चले तत्काल रिहा गर्न अस्वीकार गर्दै सम्बन्धित मुद्दाको फाइल झिकाउन आदेश दिएको हो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा