• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

      दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई बालकको मृत्यु

      निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी, फेक सामग्री फैलाएको भन्दै कानुनी कदम चाल्ने

      ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

      कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल

      हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली

      वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

      नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

      विद्यालाई विचमा राखेर एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, माधव र झलनाथ खनाल

      बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

      सुरक्षा निकायलाई पत्तै नदिई बारा र पर्साका नाकामा गृहमन्त्री गुरुङको ‘छड्के अनुगमन’

      संयुक्त कक्षामा कोचिएर पढ्छन विद्यार्थी, शौच गर्न खेतबारीतिर दौडिन्छन् 

      १५ कठ्ठा जग्गा र पशुचौपाया बेच्दापनि पुगेन उपचार खर्च, श्रीमती बचाउन इनरदेवलाई ६० लाखको खाँचो

      प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

      शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

    होमपेज /  राजनीती

    वामपन्थी एकताबिनाको परिणाम ‘बालेन्द्र तानाशाही’ हो : झलनाथ खनाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १४, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले विगतको निर्वाचनअघि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)बीच कार्यगत एकता भएको भए आजको राजनीतिक परिस्थिति फरक हुने दाबी गरे।

    खनालले पछिल्लो निर्वाचनमा वामपन्थी दलहरूले भोगेको हारको समीक्षा गर्नुपर्ने भन्दै एकताबिना भविष्य सुरक्षित नहुने बताए।

    उनले भने,‘यदि यही दुईटा दल मात्रै निर्वाचनअघि कार्यगत एकता गरेको भए ७४ होइन, करिब १०० सिट वामपन्थीको हुन्थ्यो । बालेन्द्र तानाशाही परिस्थिति देख्नुपर्ने थिएन ।’

    उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको आरोप लगाए । मदन भण्डारीको हत्या पनि कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भएको उनको दाबी थियो ।

    ‘उहाँमाथि भएको षड्यन्त्र नेपालका कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने देशी–विदेशी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र थियो,’ उनले भने।

    खनालले अहिलेको राजनीतिक अवस्था समाजवादी क्रान्तिको नयाँ चरण भएको उल्लेख गर्दै पुराना कार्यदिशा र नाराले मात्र नपुग्ने बताए । समयअनुसार नयाँ नीति, सिद्धान्त र कार्यदिशा विकास गर्नुपर्नेमा उनले जोड दिए।

    उनले वामपन्थी दलहरूबीच लामो समयदेखि रहेको वैचारिक विभाजन अन्त्य गर्दै साझा मुद्दामा कार्यगत एकता गर्न आग्रह गरे ।

    उनले भने,‘अब समयले हामीलाई एक ठाउँमा ल्याउन थालेको छ । आजको आवश्यकता वामपन्थी एकता हो ।’

    सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै उनले किसान, मजदुर र निम्न वर्गका जनताको हितविपरीत काम भइरहेको आरोप लगाए।

    बजेट माथिल्लो वर्गको हितमा केन्द्रित रहेको र बढ्दो ऋण तथा महँगीले आम नागरिकलाई थप समस्यामा पारेको उनको भनाइ थियो ।

    साथै उनले गणतन्त्र, संविधान र राष्ट्रियतामाथि खतरा बढिरहेको दाबी गर्दै त्यसको रक्षा गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।

    ‘देश संकटतर्फ जाँदै छ । राष्ट्रियता, गणतन्त्र र संविधानमाथि खतरा बढिरहेको छ। यो संकटबाट राष्ट्रलाई मुक्त गर्ने वास्तविक देशभक्त शक्ति वामपन्थी शक्ति नै हो,’ उनले बताए।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

    कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल

    हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली

    प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८३’बहुमतले पारित 

    शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

    सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    दाउरा निकाल्ने क्रममा बागमती नदीमा डुबेर रौतहटमा दुई…

    निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी,…

    ‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य…

    केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्ने : अर्थमन्त्री

    प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद…

    अबको ३–४ दिनभित्र देशभर मनसुन फैलिने सम्भावना, पश्चिममा…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    आर्थिक

    बजेट कार्यान्वयनलाई टेवा दिने गरी मौद्रिक नीति आउँछ : कार्यकारी निर्देशक पौडेल

    सुनचाँदीको मूल्य बढ्यो

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑