सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निशा डाँगी महिला सहमहामन्त्री पदमा निर्वाचित भएकी छन्।
शनिबार सम्पन्न निर्वाचनमा डाँगीले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै महिला सहमहामन्त्री पदमा विजय हासिल गरेकी हुन्।
यस पदका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी र रिमा विश्वकर्मा प्रतिस्पर्धामा रहेका थिए।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी छ। यसअघि सभापति, उपसभापति, महामन्त्री तथा सहमहामन्त्री पदको नतिजा सार्वजनिक भइसकेको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतपरिणाम पनि क्रमशः सार्वजनिक भइरहेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा