• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

      विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

      स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

      अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

      १२ कक्षामा अंङ्क कम दिएको भन्दै सरकारबिरुद्ध विद्यार्थीहरुको आन्दोलन

      उत्तरपुस्तिका परीक्षण र डेटा भेरिफिकेसनका लागि समिति गठन

      एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?

      असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार गर्ने लक्ष्य

      प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

      विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

    होमपेज /  अन्य

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ११, बिहिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५० पटक पढिएको
  • काठमाडौं । इरान र अमेरिकाबीचको तनाव कम हुँदै शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। मध्यपूर्व क्षेत्रमा आपूर्ति अवरोधको जोखिम कम भएपछि विश्व बजारमा तेलको मूल्य पछिल्ला केही सातायता निरन्तर ओरालो लागिरहेको छ।

    बिहीबार बिहान ब्रेन्ट क्रुड तेलको मूल्य प्रतिव्यारेल ७२.७९ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ भने अमेरिकी डब्लुटिआई (WTI) तेल ६९.१५ डलर प्रतिव्यारेलमा झरेको छ। पछिल्लो एक सातामा मात्रै ब्रेन्ट तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय बजार तथ्यांकले देखाएको छ।

    विश्लेषकहरूका अनुसार इरान र अमेरिकाबीच भएको युद्धविराम तथा शान्ति प्रक्रियाले तेल बजारमा रहेको ‘जोखिम प्रिमियम’ घटाएको छ। केही महिनाअघि होर्मुज जलडमरूमध्य बन्द हुने आशंकाका कारण तेलको मूल्य १०० डलरभन्दा माथिसम्म पुगेको थियो। अहिले भने जलमार्ग हुँदै तेल ढुवानी पुनः सहज बन्दै जाँदा आपूर्तिसम्बन्धी चिन्ता घटेको छ।

    विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत हिस्सा होर्मुज जलडमरूमध्यमार्फत हुने भएकाले त्यहाँको कुनै पनि तनावले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ। हाल जहाज आवागमन लगभग सामान्य अवस्थामा फर्किएपछि लगानीकर्ताको विश्वास बढेको र त्यसको असर मूल्यमा देखिएको बताइएको छ।

    ऊर्जा बजारमा आएको यो गिरावटलाई पछिल्ला महिनाकै सबैभन्दा ठूलो राहतका रूपमा हेरिएको छ। एक महिनामा कच्चा तेलको मूल्य २४ प्रतिशतसम्म घटेको छ भने तीन महिनाको अवधिमा झण्डै एकतिहाइ मूल्य घटिसकेको अन्तर्राष्ट्रिय विश्लेषणहरूले देखाएका छन्।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपाली उपभोक्ताले भने त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्। नेपाल आयल निगमले हालसम्म पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा कुनै संशोधन गरेको छैन।

    हाल पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा कायम छ। त्यस्तै डिजेल र मट्टितेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ।

    दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ तथा डिजेल र मट्टितेल २२४ रुपैयाँमा उपलब्ध छ। काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर २२५ रुपैयाँ कायम रहेको छ।

    विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगातार केही समयसम्म मूल्य घटिरहे नेपाल आयल निगमले पनि नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढ्नेछ। तर अन्तर्राष्ट्रिय मूल्य घटेको असर उपभोक्तासम्म पुग्न केही समय लाग्ने भएकाले तत्कालै मूल्य घट्ने निश्चितता भने छैन। विश्वका धेरै देशमा पनि कच्चा तेल सस्तो भए पनि खुद्रा इन्धन मूल्य घट्न समय लागिरहेको अवस्था देखिएको छ।

    मध्यपूर्वमा शान्ति प्रक्रिया कायम रहे र होर्मुज जलडमरूमध्यमा कुनै नयाँ अवरोध नआए आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य थप घट्न सक्ने अनुमान गरिएको छ, जसको सकारात्मक प्रभाव नेपालसहित तेल आयातमा निर्भर देशहरूमा पनि पर्ने अपेक्षा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

    निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

    बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

    भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प, १० हजारभन्दा बढीको ज्यान गएको आशंका

    विमानस्थलको तस्बिरबारे सबिना काफ्लेको स्पष्टीकरण: झोला मेरो होइन, सुरक्षाकर्मीको आफ्नै थियो, चरित्रहत्या गर्न खोजियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए…

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र…

    स्पेनमा खपिनसक्नुको गर्मी, एयर कन्डिसनरको माग अत्याधिक

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑