सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईंले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
चितवनमा जारी रास्वपाको महाधिवेशनमा प्रसाईंले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उम्मेदवारी घोषणा गर्दै प्रसाईंले आफूले प्रतिनिधि साथीहरूको विश्वास जित्न सके निर्वाचित हुने विश्वास व्यक्त गरे ।
“मेरो आकांक्षा सहमहामन्त्रीको हो । प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु,” उनले भने ।
रास्वपाको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारी दिने क्रम जारी रहेको छ । सहमहामन्त्री पदमा प्रसाईँको उम्मेदवारीसँगै पार्टीभित्र नेतृत्व चयन प्रक्रिया थप प्रतिस्पर्धात्मक बनेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा