सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज (जुन २१) उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा लामो दिन परेको छ। पृथ्वीको झुकाव र सूर्यको अवस्थाका कारण आज सूर्यको प्रकाश सबैभन्दा लामो समयसम्म रहने भएकाले यस दिनलाई वर्षको सबैभन्दा लामो दिन मानिन्छ।
खगोलीय विज्ञानमा यस घटनालाई ‘समर सोल्स्टिस’ (Summer Solstice) भनिन्छ। यस दिन सूर्य उत्तरी गोलाद्र्धतर्फ सबैभन्दा बढी झुकेको अवस्थामा देखिने भएकाले दिनको अवधि लामो र रातको अवधि छोटो हुन्छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५:०९ बजे सूर्योदय भएको छ भने साँझ ७:०३ बजे सूर्यास्त हुनेछ। यसअनुसार आजको दिनको अवधि करिब १३ घण्टा ५४ मिनेट रहनेछ, जुन यस वर्षकै सबैभन्दा लामो समय हो।
खगोलविद्हरूका अनुसार समर सोल्स्टिसपछि सूर्यको उत्तरतर्फको यात्रा समाप्त भई दक्षिणतर्फको यात्रा सुरु हुने भएकाले भोलिदेखि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ। यो प्रक्रिया आगामी डिसेम्बर २१ सम्म जारी रहनेछ, जुन दिन वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्ने गर्दछ।
समर सोल्स्टिस पृथ्वीको प्राकृतिक चक्रसँग सम्बन्धित महत्वपूर्ण खगोलीय घटना मानिन्छ। विश्वका विभिन्न देशहरूमा यस दिनलाई विशेष रूपमा मनाउने परम्परा समेत रहेको छ।
आजको दिन लामो भए पनि मौसम भने मनसुनी प्रभावका कारण देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा