• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ५, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

      सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

      बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई फेरि दियो मान्यता

      पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

      अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

      फिफा विश्वकप २०२६ : मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

      प्रतिनिधिसभाको आजको बैठकमा चार अध्यादेशमाथि छलफल हुने

      ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

      तराईमा धान उत्पादन बढाउन नेपाललाई करिब २ अर्ब रुपैयाँ अनुदान समाचार कमेन्टमा

      कृषि उत्पादन गर्ने कोशी प्रदेश कर्जा विहीन, सहर केन्द्रित बागमतीमा कर्जाको बाढी

      तीन वटा संसदीय समितिको बैठक बस्दै 

      काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

      फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

      सुन तस्करीमा मुछिएका पुर्वसभामुख कृष्ण बहादुर महराले छाडे नेकपा

      गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

    होमपेज /  राजनीती

    काठमाडौं महानगरको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्ताव, पूर्वाधार र सम्पदा संरक्षणमा उच्च प्राथमिकता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ५, शुक्रबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३७ पटक पढिएको
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

    नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक विधेयक र विनियोजन विधेयकसँगै उक्त बजेट प्रस्तुत गरेकी हुन्। प्रस्तावित बजेटमध्ये २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ सञ्चित कोषमार्फत तथा ७५ करोड रुपैयाँ बाह्य व्ययभारतर्फ खर्च हुने जनाइएको छ।

    महानगरले आगामी वर्षका लागि आन्तरिक आय, बैंक मौज्दात तथा अनुदानमार्फत स्रोत व्यवस्थापन गर्ने लक्ष्य लिएको छ। कुल बजेटमध्ये २० अर्ब १८ करोड ६३ लाख रुपैयाँ आन्तरिक स्रोतबाट, ४ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट र १ करोड रुपैयाँ जनसहभागिताबाट जुटाइने अनुमान गरिएको छ।

    क्षेत्रगत रूपमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १५ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ अर्थात् कुल बजेटको ६१ प्रतिशत विनियोजन गरिएको छ। सामाजिक विकासका लागि २ अर्ब ४२ करोड रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ अर्ब १३ करोड रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ५४ करोड रुपैयाँ तथा प्रशासनिक तथा सञ्चालन खर्चका लागि ४ अर्ब ७१ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

    महानगरले वातावरण व्यवस्थापनका लागि १ अर्ब २२ करोड रुपैयाँ, शिक्षा क्षेत्रमा १ अर्ब ७१ करोड रुपैयाँ, सम्पदा संरक्षणका लागि २ अर्ब ५३ करोड रुपैयाँ, स्वास्थ्य सेवाका लागि ७० करोड रुपैयाँ, सूचना प्रविधिमा ४१ करोड रुपैयाँ तथा विपद् व्यवस्थापनका लागि ३६ करोड रुपैयाँ विनियोजन गरेको छ।

    बजेटमा फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य सेवा विस्तार, एक वडा–एक उद्यम कार्यक्रम, रोजगारी सिर्जना तथा प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि समेत उल्लेख्य बजेट छुट्याइएको छ।

    युवालाई लक्षित स्वरोजगार कार्यक्रमका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ भने ‘कमाउँदै पढ्दै’, ‘नवयुवा सहकार्य’ तथा जेन्जी आन्दोलनका शहीद र अमर प्रहरीको स्मारक निर्माणका कार्यक्रम पनि समेटिएका छन्।

    महानगर अस्पताल निर्माणका लागि ४ करोड रुपैयाँ, सामूहिक आवास कार्यक्रमका लागि ५ करोड रुपैयाँ, ज्येष्ठ नागरिक निमोनिया खोप कार्यक्रमका लागि १ करोड रुपैयाँ तथा क्यान्सरलगायत जटिल रोगको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था बजेटमा गरिएको छ।

    त्यस्तै, घरमै नागरिकता तथा राष्ट्रिय परिचयपत्र सेवा, निःशुल्क एम्बुलेन्स सेवा, करदाताका लागि निःशुल्क स्वास्थ्य सेवा, भूमि व्यवस्थापन सेवा स्थानीय तहमै उपलब्ध गराउने तथा स्वनिगः विश्वविद्यालय स्थापनाको प्रारम्भिक प्रक्रिया अघि बढाउने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

    महानगरले रात्रिकालीन सार्वजनिक यातायात सेवा, वाटर एटीएम, सार्वजनिक शौचालय, पशु वधशाला निर्माण, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आयोजना तथा काठमाडौँलाई सांस्कृतिक सहर घोषणा गर्ने कार्यक्रमका लागि समेत बजेट प्रस्ताव गरेको छ।

    राजस्व संकलनलाई प्रभावकारी बनाउन नयाँ करदाता पहिचान, करदाताको स्थलमै पुगेर सहजीकरण, कर छुट तथा जरिवाना मिनाहा कार्यक्रम ल्याइएको छ। असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने तथा बक्यौता कर चुक्ता गर्नेलाई जरिवाना मिनाहा गर्ने प्रस्ताव गरिएको छ।

    आवासीय प्रयोजनका लागि बहालमा दिइएका घरजग्गाको वार्षिक आम्दानी २ लाख ४० हजार रुपैयाँभन्दा बढी हुने अवस्थामा लाग्ने बहाल कर १० प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गर्ने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।

    कार्यवाहक प्रमुख डंगोलले काठमाडौंलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित, सांस्कृतिक तथा जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्यसहित सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तीन वटा संसदीय समितिको बैठक बस्दै 

    गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

    गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो :मन्त्री गुरुङ

    रास्वपा सचिवालय बैठक सुरु

    आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

    पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परिक्षाफल

    सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार…

    बेलायती कलेजहरूको गुणस्तर जाँच्ने काउन्सिलले द ब्रिटिस कलेजलाई…

    पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश…

    चार मन्त्रालयसँग कानून निर्माणबारे छलफल, समयानुकूल विधेयक तयार…

    चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    आर्थिक

    सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

    ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

    यो वर्ष १० खर्ब बराबरका ठेक्का आह्वान गर्ने सरकारको लक्ष्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑