सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) का सांसद ऐन महर ले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल को ‘ठेकेदारको खुट्टा भाँचिदिने’ अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा कडा प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा पूर्वाधार विकास मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा बोल्दै सांसद महरले मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त आदेश कानुनसम्मत थियो कि थिएन भन्ने प्रश्न गरे।
“मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नुपर्छ भन्नुभएको थियो। त्यो आदेश कानुन बमोजिम थियो कि थिएन ?”, महरले संसदमा प्रश्न गर्दै भने, “कुन खुट्टा भाँच्ने ? दाहिने कि देब्रे ? अलि स्पष्ट पारिदिनुपर्यो।”
सांसद महरको यो टिप्पणीलाई मन्त्रीको अभिव्यक्तिमाथिको व्यंग्यात्मक प्रहारका रूपमा हेरिएको छ। उनले सार्वजनिक पदमा रहेका मन्त्रीले कानुनी शासन र विधिको शासनलाई चुनौती दिने खालका अभिव्यक्ति दिन नहुने समेत संकेत गरेका थिए।
छलफलका क्रममा सांसद महरले बजेट वितरणमा पनि प्रश्न उठाए। उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त बजेट नपरेको गुनासो गर्दै सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा बजेट बाँडफाँट गरेको आरोप लगाए।
“के अब रास्वपाले जितेका क्षेत्रमा मात्र बजेट हाल्ने नीति हो ?”, उनले प्रश्न गर्दै सरकार सबै नागरिकप्रति समान हुनुपर्ने बताए।
उनले विकास बजेट राजनीतिक पहुँच र दलगत आधारमा नभई आवश्यकता, जनसंख्या र विकासको अवस्थाका आधारमा विनियोजन हुनुपर्ने धारणा राखे।
केही दिनअघि मन्त्री लम्सालले निर्माण व्यवसायीहरूले सम्झौताअनुसार काम नगरे कडा कारबाही गरिने चेतावनी दिने क्रममा ‘खुट्टा भाँचिदिने’ शैलीको अभिव्यक्ति प्रयोग गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ।
एक पक्षले मन्त्रीले ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा चेतावनी दिन खोजेको तर्क गरिरहेको छ भने अर्को पक्षले यस्तो भाषा लोकतान्त्रिक शासन प्रणाली र कानुनी राज्यको मर्मविपरीत भएको टिप्पणी गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा