सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउने आदेश दिएको छ।
न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार अभियोगपत्र संशोधन गर्दै लामिछाने लगायतका प्रतिवादीमाथि अब सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै चलाउने आदेश गरेको हो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सरकारका तर्फबाट पेस गरिएको अभियोग संशोधनको निवेदन सदर गरेको जनाएको छ। आदेशसँगै रुपन्देही अदालतमा विचाराधीन सुप्रिम सहकारी ठगी प्रकरणमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कायम नरहने भएको छ।
इजलासले पीडित बचतकर्ताको हित संरक्षण तथा रकम फिर्ता पाउने प्रक्रियालाई सहज बनाउन अभियोग संशोधन गरिएको उल्लेख गरेको छ। अदालतको आदेशमा सहकारी ठगीको अभियोग भने यथावत् राखिएको जनाइएको छ।
यो निर्णयसँगै लामिछाने लगायतका आरोपितहरूले पीडितहरूको रकम फिर्ता गर्ने सुनिश्चितता गरेमा मुद्दामा मिलापत्र गर्ने कानुनी बाटो खुल्ने भएको छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दामा मिलापत्रको व्यवस्था नभएकाले सरकारले ती अभियोग फिर्ता लिन निवेदन दिएको थियो।
यसैगरी, उक्त मुद्दाका अन्य प्रमुख प्रतिवादी जितेन्द्रबाबु (जीबी) राई र कुमार रम्तेलविरुद्धका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पनि हटाइएको छ।
यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि सहकारी ठगीबाहेकका यस्तै प्रकृतिका अभियोग फिर्ता लिने निर्णय गरिसकेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा