• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

      ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु

      चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

      तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

      प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

      मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

      अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

      पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

      सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति

      अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग समाचार कमेन्टमा

    होमपेज /  अन्य

    इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १, सोमबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९ पटक पढिएको
  • काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एन्ड यती होटेलमा आयोजित विशेष समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ । शपथग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष गणेश कार्की र निर्वाचन समितिका प्रमुखले प्रमाणपत्र प्रदान गरेका थिए ।

    इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन् । नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा, महासचिवमा टीएन आचार्य तथा उपमहासचिवमा कविता पोखरेल निर्वाचित भएका छन् ।

    त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् । सचिव पदमा कृष्ण घिमिरे, कुवेर मणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी तथा विजयमोहन भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् ।

    शपथग्रहण समारोहमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले इप्पानलाई अझ सशक्त, प्रभावकारी र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    प्रमाणपत्र ग्रहणपछि प्रतिक्रिया दिँदै इप्पानका नवनिर्वाचित सचिव तथा विकास हाइड्रोपावर, बुढी गण्डकी हाइड्रोपावर र साङ्ग्रिला हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले नेपालको आर्थिक समृद्धि, औद्योगिक विकास र ऊर्जा सुरक्षाको आधार जलविद्युत् क्षेत्र रहेको बताएका छन् ।

    उनले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत जटिलता, प्रसारण पूर्वाधारका समस्या, लगानीकर्ताले भोगिरहेका चुनौती तथा परियोजना कार्यान्वयनका अवरोधहरू हटाउन नयाँ नेतृत्व दृढतापूर्वक लाग्ने बताए ।

    उनले सरकार, निजी क्षेत्र र ऊर्जा क्षेत्रका सरोकारवालाबिच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गैर आवासीय नेपाली (एनआरएन) समुदायको लगानी जलविद्युत् क्षेत्रमा आकर्षित गर्न विशेष पहल गरिने बताए ।

    घिमिरेले निजी क्षेत्रको सक्रिय सहभागिताले नै नेपाललाई हजारौँ मेगावाट विद्युत् उत्पादनको चरणमा पु¥याएको उल्लेख गर्दै आगामी दिनमा विद्युत् निर्यात विस्तार, प्रसारण पूर्वाधार सुदृढीकरण तथा ऊर्जा व्यापारलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

    नयाँ नेतृत्व चयनसँगै ऊर्जा क्षेत्रका लगानीकर्ता तथा सरोकारवालाहरूले इप्पानले अब जलविद्युत् क्षेत्रका चुनौती समाधान, लगानी प्रवद्र्धन, विद्युत् व्यापार विस्तार, नीतिगत सुधार तथा निजी क्षेत्रको हकहित संरक्षणमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

    सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    इलामको सामुदायिक विद्यालयहरूको कार्यसम्पादन परीक्षणमा रोङ गाउँपालिका पहिलो

    महाधिवेशनका लागि व्यवसायीसँग ३० हजार चन्दा मागेको पत्र सार्वजनिक, रास्वपा विवादमा

    असारका लागि पनि बैंकहरूको ब्याजदर घट्योः निक्षेपकर्ताले पाउने प्रतिफल थप कम, कुन बैंकको कति ?

    स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक…

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन…

    तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    आर्थिक

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑